रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण आज रातिदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै                
समाचार :

रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय समितिको बैठकले रुपन्देही– ३ को उपचुनावका आकांक्षीहरूमध्ये आन्तरिक प्रारम्भिक चुनावबाट छनोट गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष एवं संसदीय समितिका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले नयाँ अभ्यास गर्ने निर्णय गरेको हो ।

रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिश भएका आकांक्षी उमेदवारहरूमध्येबाट प्रजातान्त्रिक ढंगबाट उमेदवार छनोट गर्न लागिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार मतदाताहरूबाट आन्तरिक प्रारम्भिक निर्वाचन गरी उच्चतम मत प्राप्त गर्ने आकांक्षी उमेदवारलाई उक्त उपचुनावको उमेदवार छनोट गरिनेछ । उनका अनुसार आन्तरिक प्रारम्भिक चुनाव चाँडै गरिने त्यसको व्यवस्था रुपन्देही उपनिर्वाचन परिचालन समितिले गर्नेछ ।

आन्तरिक प्रारम्भिक चुनावका मतदाताहरू रुपन्देही– ३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही– ३ अन्तर्गतका प्रदेशसभाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू रहनेछन् । त्यसैगरी, रुपन्देही– ३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाउँपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही– ३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पनि मतदान गर्नेछन् । त्यसैगरी, रुपन्देही– ३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही– ३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरू र १७भदौसम्म कायम रहेका रुपन्देही– ३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरूले पनि मतदान गर्नेछन् । त्यसैगरी, १७ भदौसम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही– ३ अन्तर्गतका सक्रिय सदस्यहरू पनि आकांक्षीहरूलाई मतदनन गर्नेछन् । ती मतदाताबाट छनोट भएकोले उम्मेदवार हुनेछन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आन्तरिक प्रारम्भिक चुनावबाट रुपन्देही– ३ का लागि उम्मेदवार चयन गरेको थियो ।

उम्मेदवारीका लागि राप्रपाका चार जना आकांक्षी रहेका छन् । गौरव बोहरा, प्रज्वल बोहरा, स्वाती थापा र वसन्त विक्रम शाही उम्मेदवारका आकांक्षी रहेका छन् । राप्रपाका नेता दीपक बोहराका निधनपछि उक्त क्षेत्र रिक्त रहेको हो । उपचुनावमा दीपक बोहराका छोराहरू गौरव र प्रज्वलले दाबी गरेका छन् भने नातिनी स्वाती थापाले पनि अन्तिमसम्म दाबी गरेका छन् । परिवारकै तीन जनाले दाबी गरेपछि राप्रपाले उम्मेदवार टुं गो लगाउन सकेको थिएन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित