रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण आज रातिदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै                
समाचार :

रूपन्देही-३ उपनिर्वाचनः एकीकृत समाजवादीबाट उम्मेदवारका लागि सातजना सिफारिस

रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ मा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले सातजनाको नाम सिफारिस गरेको छ । पार्टी जिल्ला कमिटी, रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव घनश्याम भुसाल सहित सात जनाको नाम सिफारिस गरेको हो ।

उम्मेदवारका लागि सिफारिस हुने अन्य नेताहरुमा लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हिराध्वज शाह, प्रदेश सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही एकका सहईन्चार्ज विजयलक्ष्मी राय छन् ।

समाजवादीले उम्मेदवार छनोट गर्न यसअघि नै कार्यदल बनाएको छ । लुम्बिनी प्रदेश ईन्चार्ज तथा केन्द्रीय कमिटी उपमहासचिव मेटमणि चौधरी, प्रदेशका सहईन्चार्ज तथा केन्द्रीय सचिव सोमप्रसाद पाण्डे, लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला ईन्चार्ज नन्दलाल बन्जाडे, जिल्ला अध्यक्ष हिराध्वज शाह सदस्य रहेको कार्यदल छ ।

जिल्लाले पठाएको नामलाई उम्मेदवार छनोट गर्न बनेको उक्त कार्यदलले एक महिलासहित ३ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्ने छ । कार्यदलले सातैजनासँंग छलफल गर्ने र चुनावी रणनीति बुझेपछि मात्रै तीनजनाको नाम सिफारिस गर्ने उपमहासचिव चौधरीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित