भदौ २५ गतेदेखि बुटवलमा फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेला हुने रुपन्देहीमा दिवंगत माओवादी नेता टंकमणिको सालिक अनावरण रास्वपाले रुपन्देही ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने  रोट्र्याक्ट क्लब अफ बुटवल डाउन टाउनको २३औं पदस्थापन तथा पदहस्तान्तरण समारोह सम्पन्न ‘बड्की आइतबार’ पर्वको अवसरमा रुपन्देहीका १४ स्थानीय तहमा आइतबार स्थानीय बिदा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको निधन मर्चवारको समृद्धिको जिम्मा एमालेले लिन्छ : अर्थमन्त्री पौडेल रूपन्देहीका दुई गाउँपालिकाका पूर्वअध्यक्ष लगायत एमालेमा प्रवेश निष्ठा बचत तथा ऋण सहकारीको १६ औँ वार्षिक साधारणसभाः कुल पुँजी २७ करोड पुग्यो बुटवलमा वेनकार्डोको डिलर मिट, आगामी विजेनेश प्लान बारे छलफल                
समाचार :

रुपन्देहीमा दिवंगत माओवादी नेता टंकमणिको सालिक अनावरण

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुटवलमा स्व.रामप्रसाद बन्जाडे ‘टंकमणि’ को सालिक अनावरण गरेका छन् । अध्यक्ष प्रचण्डले आइतबार बन्जाडेको सालिक अनावरण गरेका हुन् ।

माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको सुरुवात देखि नै भूमिगत रहेर काम गरेका बन्जाडेले २०७८ साल मङ्सिर ८ गते सडक दुर्घटनामा परि ५५ वर्षको उमेरमा ज्यान गुमाएका थिए ।

बन्जाडे त्यसबेला माओवादी केन्द्रका केन्द्रीय सदस्य र रुपन्देही जिल्लाको इन्चार्जको जिम्मेवारीमा थिए । पार्टी र जनआन्दोलनका क्रममा दिएको योगदानको स्मरण स्वरूप माओवादी केन्द्र रुपन्देहीले उनको सालिक निर्माण गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित