रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बुटवलमा वेनकार्डोको डिलर मिट, आगामी विजेनेश प्लान बारे छलफल

बुटवल । विगत १० वर्षदेखि व्यवसायिक यात्रा सुरु गरेको वेनकार्डोले बुटवलमा डिलर मिट सम्पन्न गरेको छ । वाथवेयर तथा किचनवयेरका सामग्रीहरु उत्पादन गर्दै आएको वेनकार्डोले हालसम्म अपनाएर विजनेश प्लान तथा आगामी वर्षका योजनाहरु बारे छलफल गरेको छ ।

सो अवसरमा बोल्दै वेनकार्डोका प्रवन्ध निर्देशक निरज शर्माले व्यापारको एक दशकमा हासिल गरेका उपलब्धिहरु र आगामी दिनमा उपभोक्ताहरुसँग थप नजिक हुनका लागि तयार पारिएका योजना बारे डिलर प्रतिनिधिहरुलाई जानकारी गराएका थिए । आफूले जहिले पनि अन्तिम विन्दु उपभोक्ता भएकाले उनीहरुको आवश्यकता र चाहनालाई लक्षित गरि उत्पादनलाई प्राथमिकता दिने गरेको उल्लेख गरे । ‘हामी एक्लैले व्यापार गर्न सकिँदैन, ‘वी वीन’को आधारमा अघि बढ्नुपर्छ । त्यसका लागि मैले सबभन्दा पहिला अन्तिम ग्राहकलाई हेर्छु, उनीहरुको आवश्यकता र सन्तुष्टीलाई हेर्ने गर्छु ।’

कम्पनीका मार्केटिङ हेट नितिक शर्माले आगामी वर्षका लागि तय गरिएका लक्ष्यहरु बारे जानकारी गराउँदै मार्केटिङ क्यालेण्डर बनाएर यो वर्ष काम बढाइएको बताए । वेनकार्डोले आक्रामक रुपमा व्यापार बिस्तारको योजनामा बनाएको बताउँदै उनले त्यसका लागि देशभरका रहेका डिलर प्रतिनिधिहरुको साथ आवश्यक रहने उल्लेख गरे । बेनकार्डो होम सोलुशन बारे जानकारी गराउँदै उनले नयाँ प्रोडक्टका रुपमा रहेको बेनकार्डो चिम्नी, कुक टप्स, गिजर्स लगायतका विशेषता बारे चर्चा गरेका थिए । यसका साथै आगामी वर्षको बजार योजना अनुसार ग्राहकलाई हात खाली नजाने उपहार योजना पनि ल्याइएको बताए । जस अनुसार वेनकार्डो चिम्नी र चुलो खरिदमा पहिलो १ सय जना ग्राहकलाई एप्रोन उपहार तथा २० हजारदेखि ५० हजार बढीको खरिद गर्ने ग्राहकलाई विभिन्न फरक–फरक उपहार योजना ल्याइएको जानकारी गराए ।

एक दशकको व्यवसायिक यात्रामा उल्लेखनीय सफलता हाल पार्न सकिएको बताउँदै कम्पनीका बिजनेश डेभलपमेन्ट म्यानेजर माधवप्रसाद शर्माले देशभरका करिब पाँच जना डिलर पाट्नरहरुसँग मिलेर अघि बढिएको जानकारी गराए । यसैगरी १० जना डिष्ट्रिव्युटर ९रिजनल पाट्नर०ले व्यवसायमा सहकार्य गरेको उनले उल्लेख गरे । कम्पनीका नेश्नल सेल्स म्यानेजर बालकृष्ण रेग्मीले बजारमा प्रतिस्पर्धा बढ्दो रहेको बताउँदै सोही अनुसार योजना बनाएर अघि बढिएको एल्लेख गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित