दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

रुपन्देही-३ उपनिर्वाचन : उम्मेदवार बन्न एमालेबाट ४ जनाको आकांक्षा

बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट चार जनाले उम्मेदवार बन्न आकाङ्क्षा देखाएका छन् ।

शनिबार भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको तेस्रो बैठकमा चार नेताले आकाङ्क्षा देखाएका हुन् ।

बैठकमा पार्टीका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, नेता एवं व्यवसायी शशी पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) तथा एमाले लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद अधिकारी र नेता यज्ञजित शाहले उम्मेदवार बन्ने औपचारिक रूपमा आकांक्षा व्यक्त गरेको पार्टीले जनाएको छ ।

एमाले केन्द्रले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भनेको छ । तर, एमालेबाट महिलाहरूले उम्मेदवार बन्न हालसम्म कसैले आकाङ्क्षा देखाएका छैनन् ।

एमाले रुपन्देहीले केही दिनमै उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गर्ने तयारी गरेको जिल्ला अध्यक्ष यज्ञ गैर बताए । सांसद दीपक बाेहाेराकाे निधन भएपछि रुपन्देही ३ मा उपनिर्वाचन हुन लागेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित