दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

भैरहवा कारागारमा रहेका रवि लामिछानेलाई रास्वपाका सांसदहरू दुई जनाले मात्र भेटे

हकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कार्यवाहक सभापति डिपी अर्याल र सांसद सोविता गौतमले मात्र छुट्टाछुट्टै भेट गरेका छन्।

रास्वपाका सांसदहरूले भैरहवामा लामिछानेलाई सामूहिक रूपमा भेट्न प्रयास गरे पनि प्रशासनले २ जनालाइ मात्र भेट गर्न दिएकाे हाे ।

स्रोतका अनुसार पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले मंगलबार लामिछानेसँग भेट गरेका छन्। सांसद सोविता गौतमले बुधबार बिहान भेट गरेकी हुन्।

सामूहिक भेट्न नमिल्ने प्रशासनले जानकारी दिएपछि कार्यवाहक सभापति अर्यालले बुधबार नै १५ देखि २० मिनेटसम्म लामिछानेसँग कुराकानी गरेका थिए। यस अघिको भेटमा रविको सन्देश भन्दै बाहिर सार्वजनिक गरे पनि मंगलबारको भेटमा लामिछाने र अर्यालबीच के विषयमा कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन। स्रोतका अनुसार पछिल्लो राजनीतिक विकास, रुपन्देही क्षेत्र नं ३ मा हुन लागेको उपनिर्वाचन र रास्वपाको संसदीय दलकै विषयमा बढी छलफल भएको थियो।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित