लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

भैरहवा कारागारमा रहेका रवि लामिछानेलाई रास्वपाका सांसदहरू दुई जनाले मात्र भेटे

हकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कार्यवाहक सभापति डिपी अर्याल र सांसद सोविता गौतमले मात्र छुट्टाछुट्टै भेट गरेका छन्।

रास्वपाका सांसदहरूले भैरहवामा लामिछानेलाई सामूहिक रूपमा भेट्न प्रयास गरे पनि प्रशासनले २ जनालाइ मात्र भेट गर्न दिएकाे हाे ।

स्रोतका अनुसार पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले मंगलबार लामिछानेसँग भेट गरेका छन्। सांसद सोविता गौतमले बुधबार बिहान भेट गरेकी हुन्।

सामूहिक भेट्न नमिल्ने प्रशासनले जानकारी दिएपछि कार्यवाहक सभापति अर्यालले बुधबार नै १५ देखि २० मिनेटसम्म लामिछानेसँग कुराकानी गरेका थिए। यस अघिको भेटमा रविको सन्देश भन्दै बाहिर सार्वजनिक गरे पनि मंगलबारको भेटमा लामिछाने र अर्यालबीच के विषयमा कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन। स्रोतका अनुसार पछिल्लो राजनीतिक विकास, रुपन्देही क्षेत्र नं ३ मा हुन लागेको उपनिर्वाचन र रास्वपाको संसदीय दलकै विषयमा बढी छलफल भएको थियो।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित