लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लियो क्लब अफ बुटवल मेट्रोसिटीको प्रथम बोर्ड तथा साधारणसभा बैठक सम्पन्न

बुटवल । लायन वर्ष २०२५/२६ अन्तर्गत लियो क्लब अफ बुटवल मेट्रोसिटी को प्रथम बोर्ड तथा साधारणसभा बैठक बुटवलमा भव्य रूपमा सम्पन्न भएको छ।

बैठकको अध्यक्षता क्लबका अध्यक्ष लियो GD शिखर ले गरे भने कार्यक्रमको सञ्चालन सचिव रबिन रिजालले गरेका थिए ।

कार्यक्रमको शुभारम्भमा स्वागत मन्तव्य अफरोज अली खान ले गरेका थिए । काय्रकमका प्रमुख बक्ता DR. सुनिल खरेल ले युवाहरूमा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सकारात्मक सोचको विषयमा प्रेरणादायी मन्तव्य दिएका थिए ।

उक्त कार्यक्रममा लायन्स क्लब अफ बुटवल मेट्रोसिटी का अध्यक्ष लायन दिवाकर पौडेल, लायन्स चार्टर प्रेसिडेन्ट लायन विनोद सुवेदी, लियो क्लब सल्लाहकार लायन उमनाथ अधिकारी (उमेश), लियो चार्टर प्रेसिडेन्ट लियो मनोज गौतम, तथा लियो पूर्व अध्यक्ष लियो संजीव सुनार को विशेष उपस्थिति रहेको थियो।

बैठकमा क्लबका भावी कार्यक्रम, सामाजिक सेवा अभियानहरू, सदस्यहरूको सक्रियता, युवाको नेतृत्व विकास, तथा समुदायमा सकारात्मक प्रभाव पार्ने योजनाहरूमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको अन्त्यतिर लियो क्लबका तेस्रो उपाध्यक्ष (3rd Vice President) लियो सुवास भण्डारी ले कार्यक्रमबारे समापन जानकारी दिँदै सबै अतिथि, सदस्य र सहभागीहरूलाई आभार प्रकट गरे ।

कार्यक्रममा क्लबका सक्रिय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। Leo Club of Butwal Metrocity ले युवाहरूमाझ सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वको भावना फैलाउँदै विभिन्न सामाजिक गतिविधिमा सक्रिय भूमिका खेल्दै आएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित