निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

लियो क्लब अफ बुटवल मेट्रोसिटीको प्रथम बोर्ड तथा साधारणसभा बैठक सम्पन्न

बुटवल । लायन वर्ष २०२५/२६ अन्तर्गत लियो क्लब अफ बुटवल मेट्रोसिटी को प्रथम बोर्ड तथा साधारणसभा बैठक बुटवलमा भव्य रूपमा सम्पन्न भएको छ।

बैठकको अध्यक्षता क्लबका अध्यक्ष लियो GD शिखर ले गरे भने कार्यक्रमको सञ्चालन सचिव रबिन रिजालले गरेका थिए ।

कार्यक्रमको शुभारम्भमा स्वागत मन्तव्य अफरोज अली खान ले गरेका थिए । काय्रकमका प्रमुख बक्ता DR. सुनिल खरेल ले युवाहरूमा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सकारात्मक सोचको विषयमा प्रेरणादायी मन्तव्य दिएका थिए ।

उक्त कार्यक्रममा लायन्स क्लब अफ बुटवल मेट्रोसिटी का अध्यक्ष लायन दिवाकर पौडेल, लायन्स चार्टर प्रेसिडेन्ट लायन विनोद सुवेदी, लियो क्लब सल्लाहकार लायन उमनाथ अधिकारी (उमेश), लियो चार्टर प्रेसिडेन्ट लियो मनोज गौतम, तथा लियो पूर्व अध्यक्ष लियो संजीव सुनार को विशेष उपस्थिति रहेको थियो।

बैठकमा क्लबका भावी कार्यक्रम, सामाजिक सेवा अभियानहरू, सदस्यहरूको सक्रियता, युवाको नेतृत्व विकास, तथा समुदायमा सकारात्मक प्रभाव पार्ने योजनाहरूमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको अन्त्यतिर लियो क्लबका तेस्रो उपाध्यक्ष (3rd Vice President) लियो सुवास भण्डारी ले कार्यक्रमबारे समापन जानकारी दिँदै सबै अतिथि, सदस्य र सहभागीहरूलाई आभार प्रकट गरे ।

कार्यक्रममा क्लबका सक्रिय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। Leo Club of Butwal Metrocity ले युवाहरूमाझ सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वको भावना फैलाउँदै विभिन्न सामाजिक गतिविधिमा सक्रिय भूमिका खेल्दै आएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित