दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

कालिका मानवज्ञान माविलाई सर्वोत्कृष्ट सामूदायिक विद्यालय अवार्ड

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले राष्ट्रकै सर्वोेत्कृष्ट सामूदायिक विद्यालय अवार्ड जितेको छ । केन्द्रबिन्दु मिडियाले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामूदायिक शैक्षिक संस्था र व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा भएको कार्यक्रमबाट राष्ट्रिय परीक्षा बोर्डले उत्कृष्ट ठहराएका ७ वटा उत्कृष्ट र देशकै सर्वाेत्कृष्ट १ वटा सामुदायिक विद्यालयलाई सम्मान गरिएको छ ।

जसमा सामूदायिक विद्यालयतर्फ नेपालको एक मात्रै सामूदायिकतर्फ बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय सर्वाेत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको हो ।

त्यस्तै संस्थागत विद्यालयतर्फ ललितपुरको प्रसादी एकेडेमी, पकनाजोलको एनसीसीएस सेकेन्डरी स्कुल र कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेज सम्मानित भएका छन् । त्यसै गरी उत्कृष्ट शैक्षिक नतिजा पस्कने १६ संस्थागत तथा आवासीय विद्यालयहरू पनि सम्मानित भएका छन् ।

केन्द्रबिन्दु एजुकेशन एक्सीलेन्स अवार्ड–२०८२ बाट सम्मानित कालिका मानवज्ञान मावि सम्मानित भएको हो । अवार्ड कालिका मानवज्ञान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवाली, प्रधानाध्यापक दिनेश थापाले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित