दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

सहकारीका ब्यवस्थापकले नक्कली डिभोर्स गरेर हिनामिना गरेको रकम लुकाउन लागेको बचतकर्ताको आरोप

बुटवल । सहकारीको रकम हिनामिना गरेको आरोप लागेपछि फरार रहेका श्री डिङ्गरनगर दुरगामी सहकारीका व्यवस्थापक वसन्त पराजुलीले श्रीमती संग नक्कली सम्बन्ध बिच्छेद गर्न लागेको भन्दै बचतकर्ताहरू आक्रोशित बनेका छन्।

पछिल्लो साता तिलोत्तमा नगरपालिका वडा नं ३ सिर्जना चोकमा रहेको उक्त सहकारीको रकम हिनामिना गरेर अध्यक्ष सचिव र व्यवस्थापक फरार भएपछि बचतकर्ताहरूले सहकारीको कार्यालयमा घेराउ गरेका थिए।

सहकारीका मुख्य हर्ताकर्ताहरू नै कार्यालयमा शङ्कास्पद गतिविधि गरेर भागेपछि बचतकर्ताहरूको आग्रहमा लुम्बिनी प्रदेश सहकारी रजिस्टार को कार्यालयले अध्ययन थालेको थियो।

सहकारीका व्यवस्थापक वसन्त पराजुली सम्पर्क बिहिन भएकै अवस्थामा पराजुलीकी श्रीमती बिना पराजुलीले बुधवार जिल्ला अदालत रुपन्देहीमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेकी थिइन्।

बिनाले सम्बन्ध बिच्छेदको मुद्धा दायर गरेको सूचना पाएका बचतकर्ताहरूले आज पराजुली र सहकारीको कार्यालयमा घेराउ गरेपछि प्रहरीले निवेदक बिना पराजुलीलाई समेत निगरानीमा राखेको वडा प्रहरी कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी निरीक्षक बिष्णु पाठकले बताए।

सहकारीका बचतकर्ताहरूले व्यवस्थापक पराजुलीका श्रीमान श्रीमतीको मिलोमतोमा सहकारीको रकम ठगी गरेर कागजी सम्बन्ध बिच्छेदको योजना बनाएको भन्दै घेराउ गरेपछि हामीले उहाँकै सुरक्षाका लागि निगरानीमा राखेका हौँ पाठकले भने।

तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष कल्याण पौडेलले सहकारीका व्यवस्थापक वसन्त पराजुलीले आफूले सम्बन्ध बिच्छेद गर्न लागेको भनेर गलत हल्ला फैलाइएको भन्दै फोन गरेर गुनासो गरेको बताए। वसन्तले आज बिहान मलाई फोन गरेर मैले सम्बन्ध बिच्छेद गर्न लागेको गलत हल्ला फैलाइएको छ तर होइन सहकारीको हिसाब मिलाउँछु भनेका थिए पौडेलले भने।

तर बिनाले बुधवार जिल्ला अदालत रुपन्देहीमा सम्बन्ध बिच्छेदका लागि दर्ता गरेको निवेदनको रेकर्ड (रेकर्ड नं ६७-०८१-०८२०३) मा सम्बन्ध बिच्छेद (सरल मार्ग) उल्लेख छ।

बचतकर्ताहरूले भने वसन्तले सहकारीको रकम हिनामिना गरी लगेको रकम श्रीमती र उनका आफन्तहरुको नाममा समेत जम्मा गरेको आफूले ठगेको रकम पचाउने दाउमा कागजी सम्बन्ध बिच्छेद गर्न लागेको आरोप लगाएका छन्।

बचतकर्ताहरूले बिनालाई समेत नियन्त्रणमा लिएर वसन्त र बिनाले गर्न लागेको कागजी सम्बन्ध बिच्छेदको निवेदन फिर्ता गर्ने सहमतिमा प्रहरीको जिम्मा लगाएका थिए।

बचतकर्ताहरूले उनीहरूको सम्बन्ध बिच्छेद शङ्कास्पद हो भनेपछि बिनाले समेत वसन्तले सहकारीको रकम फिर्ता नगरे सम्म सम्बन्ध बिच्छेद नगर्ने सहमती जनाउनु भएको छ, व्यवस्थापक वसन्त पराजुलीलाई भने सम्पर्क गर्न सकिएको छैन प्रहरी निरीक्षक पाठकले भने।

स्थानीयले समेत वसन्त र बिनाले काँग्रेस उपसभापति धनराज गुरुङ र उनकी श्रीमती ज्योति गुरुङले जस्तै सहकारीको रकम हिनामिना गरेर सम्बन्ध बिच्छेद गरी उम्किने दाउ गरेको आरोप लगाएका छन्।

उक्त सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी सचिव राम बहादुर क्षेत्री र व्यवस्थापक वसन्त पराजुली मिलेर बचतकर्ताहरूको करिब २५ करोड रकम अपचलन गरेको आशङ्का बचतकर्ताहरूको छ।

२०५० सालमा स्थापना भएको सहकारी संस्थामा हाल करिब दुई हजार सदस्य रहेका छन्। कुल ३८ करोड पुँजी रहेको सहकारी संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापक मोबाइल स्विच अफ गरेर सम्पर्क विहीन छन्। उपाध्यक्ष र कोषाध्यक्षले भने स्वतन्त्र लेखा परीक्षकले अध्ययन गरी रहेकोले सहकारीको अवस्था के हो भन्ने यकिन भएपछि अघि बढने बताउँदै आएका छन्।

केही दिन अघि मात्रै सहकारीका सदस्यहरूका बिचमा सहकारी सङ्कटमा परेको गाइँगुइँ चलेपछि स्थानीयहरूको पहलमा श्रोत व्यवस्थापन गरी मिलाउने प्रयत्न भए पनि सञ्चालकहरूले नै वास्ता गरेको स्थानीयको भनाई छ।

सहकारीमा कुल कति रकम बचत थियो र कति सदस्य आबद्ध थिए भन्ने यकिन नभई सके पनि अन्य पदाधिकारीहरूको भनाई अनुसार २२ देखि २५ करोड रुपैयाँसम्म हिनामिना भएको हुनसक्ने आशङ्का गरिएको छ।

बचत सङ्कलन तथा ऋण परिचालनसँगै दुग्धजन्य पदार्थको बिक्री वितरण गर्दै आएको सहकारीले आफ्नै भवनमा सिर्जना नगरमा कार्यालय सञ्चालन गर्दै आएको थियो।

समयचक्रबाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित