बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

डा. शिला क्षेत्री कार्यरत बरदान क्लिनिकमा अनुगमन टोलीको ताला

बुटवल । प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. शिला क्षेत्री कार्यरत बरदान क्लिनिक दर्ता विनानै सञ्चालन भएको पाइएपछि अनुगमन टोलीले ताला लगाइदिएको छ ।
डा. शिला क्षेत्री बुटवलमा प्रसुती तथा स्त्रीरोग क्षेत्रमा कहलिएको नाम हो । उनीबाट सेवा लिन २/३ दिन अगाडि नै नाम लेखाउनुपर्छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले अनुगमन गर्दा क्लिनिक दर्ता नभई सञ्चालन भएको भेटिएपछि ताला लगाएको हो । फार्मेसी भने खुल्ला छ ।

रुपन्देहीका सहयाक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि रानाले बरदान क्लिनिक प्रा.लिको ओपीडि, ल्याव, भिडियो एक्सरे बन्द गराइएको बताए । ‘दर्ता विना नै सञ्चालन भएको भेटिएपछि ताला लगाएका छौ । आवश्यक दर्ता प्रक्रिया पुरा गरेर आएपछि मात्र ताला खुल्नेछ’ उनले भने । बरदान क्लिनिकका सञ्चालक डा. मिलन अधिकारी हुन । लामो समय देखि बुटवलमा निःसन्तानहरुका लागि बरदानले सेवा दिदै आएको भएपनि दर्ता विना नै सञ्चालनमा रहेको भेटिएपछि क्लिनिकमा ताला लागेको हो ।

बरदान सहित बुटवलमा विहिबार गरिएको अनुगमनमा ६ वटा क्लिनिकहरु दर्ता विना सञ्चालनमा रहेको भेटिएपछि अनुगमन टोलीले बन्द गराएको थियो । त्यस्तै बुटवल डेण्टल प्रा.लि पनि दर्ता विना नै सञ्चालन भएको भन्दै अनुगमन टोलीले बन्द गराएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित