दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

बुटवलमा दर्ता विनाका ६ वटा क्लिनिकहरु बन्द

बुटवल । बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकहरुलाई अनुगमन टोलीले बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकहरुमा अनुगमन गर्दा ६ वटा क्लिनिकहरु दर्ता विना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराएको हो ।

रुपन्देहीका सहयाक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि रानाले जनताको गुनासो आएपछि क्लिनिकहरु अनुगमन गरिएको दर्ता विनाका ६ वटा क्लिनिक र एउटा डेण्टललाई बन्द गराइएको बताए ।

अनुगमन टोलीले बुटवल अस्पताललाईनमा रहेको रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एण्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसीको कलेक्स प्रयोगशाला बन्द गराएको हो ।

त्यस्तै बरदान क्लिनिक प्रा.लि र शिला मेडिकल हलको क्लिनिकलाई बन्द गराएको उनले बताए । अनुगमन टोलीले अस्पताललाईनकै बुटवल डेण्टल प्रा.लीलाई पनि बन्द गरेको छ । दर्ता विना नै सञ्चालनको रहेको भन्दै डेण्टल बन्द गराइएको हो ।

अनुगमनका क्रममा अधिकांश मेडिकलहरुले क्लिनिकहरु सञ्चालन गरेका तर दर्ता नै नगरेको भेटिएको थियो । अनुगमन स्वास्थ्य कार्यालय, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग बािणज्य संघ, नेपाल पत्रकार महासंघ, उपभोत्ता हित संरक्षण मञ्च, प्रहरीको रोहबरमा गरिएको थियो ।

बन्द गरिएका सवै क्लिनिक सञ्चालकहरुलाई दर्ताको प्रमाणपत्र लिएपछि मात्र सञ्चालनका लागि अनुमती दिईने सहायक प्रमुख जिल्ला अधिकारी रानाले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित