५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन तिनाउमा खाना महोत्सव                
समाचार :

बुटवलमा दर्ता विनाका ६ वटा क्लिनिकहरु बन्द

बुटवल । बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकहरुलाई अनुगमन टोलीले बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकहरुमा अनुगमन गर्दा ६ वटा क्लिनिकहरु दर्ता विना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराएको हो ।

रुपन्देहीका सहयाक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि रानाले जनताको गुनासो आएपछि क्लिनिकहरु अनुगमन गरिएको दर्ता विनाका ६ वटा क्लिनिक र एउटा डेण्टललाई बन्द गराइएको बताए ।

अनुगमन टोलीले बुटवल अस्पताललाईनमा रहेको रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एण्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसीको कलेक्स प्रयोगशाला बन्द गराएको हो ।

त्यस्तै बरदान क्लिनिक प्रा.लि र शिला मेडिकल हलको क्लिनिकलाई बन्द गराएको उनले बताए । अनुगमन टोलीले अस्पताललाईनकै बुटवल डेण्टल प्रा.लीलाई पनि बन्द गरेको छ । दर्ता विना नै सञ्चालनको रहेको भन्दै डेण्टल बन्द गराइएको हो ।

अनुगमनका क्रममा अधिकांश मेडिकलहरुले क्लिनिकहरु सञ्चालन गरेका तर दर्ता नै नगरेको भेटिएको थियो । अनुगमन स्वास्थ्य कार्यालय, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग बािणज्य संघ, नेपाल पत्रकार महासंघ, उपभोत्ता हित संरक्षण मञ्च, प्रहरीको रोहबरमा गरिएको थियो ।

बन्द गरिएका सवै क्लिनिक सञ्चालकहरुलाई दर्ताको प्रमाणपत्र लिएपछि मात्र सञ्चालनका लागि अनुमती दिईने सहायक प्रमुख जिल्ला अधिकारी रानाले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित