दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

लुम्बिनी प्रदेशको बेरुजु साढे चार अर्ब बढी

लुम्बिनी प्रदेश सरकारको बेरुजु रकम साढे चार अर्बभन्दा माथि देखिएको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवेदन अनुसार प्रदेश सरकारको बेरुजु रकम बढेको बढ्यै छ । प्रतिवेदनमा उल्लेख भएअनुसार प्रदेशेको बेरुजु रकम ४ अर्ब ५७ करोड ५१ लाख ३७ हजार छ । यो बेरुजु रकम आर्थिक वर्ष २०८०–०८१ को हो ।

महालेखाले बुधबार मात्रै राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा प्रदेशहरुको बेरुजु रकम उल्लेख छ । महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार लुम्बिनी सरकारको बेरुजु रकमको दर पतिशतका आधारमा गत वर्षभन्दा केही घटेको देखिएको छ । तर रकम भने बढेको महालेखाले जनाएको छ ।

प्रतिवेदन अनुसार प्रदेश सरकारको बेरुजु रकम अभिल्लो आर्थिक वर्ष भन्दा ६५ करोड ८२ लाख १६ हजार रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०७९–०८० मा बेरुजु रकम ३ अर्ब ९१ करोड ६९ लाख २१ हजार थियो ।

प्रतिशतको आधारमा भने लुम्बिनी प्रदेशको बेरुजु दर घटेको देखिन्छ । आर्थिक वर्ष २०८०–८१ मा बेरुजु दर १.१३ प्रतिशत छ । यसअघिको प्रतिवेदनमा यो दर १.६० प्रतिशत थियो । बेरुजु देखिनु भनेको सरकारले अपारदर्शी रुपमा खर्च गरेको भन्ने बुझिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित