भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

सियारीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६०० भन्दा बढीले लिए सेवा

रुपन्देही | रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीको आयोजना, सियारि गाउँपालिका र बुटवल हस्पिटल प्राइभेट लिमिटेडको सहकार्य, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सहयोग र सनसाइन डेन्टल क्लिनिकको प्राविधिक सहयोग साथै अन्य थुप्रै संघ सस्थाहरुको सहयोगमा सियारी गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

‘हाम्रो सियारी, स्वस्थ सियारी’ भन्ने नाराका साथ  वीरेन्द्र माध्यमिक विद्यालय, सियारी–५ मा आयोजित शिविरमा १४ जना विशेषज्ञ चिकित्सकको टोलीले ६०० भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेका थिए ।

शिविरमा मुटु, मिर्गौला, छाला, स्त्री तथा पुरुष रोग, बालरोग, हाडजोर्नी, ग्यास्ट्रो, दन्तरोग लगायतका सेवा प्रदान गरिएको थियो। साथै निःशुल्क ईसीजी, सुगर, भिडियो एक्सरे, पिसाब परीक्षण तथा आवश्यक औषधि वितरण पनि गरिएको थियो।

शिबिरमा डा. कृष्ण खनाल (जनरल सर्जन), डा. चन्द्रकान्त शर्मा (स्त्री रोग विशेषज्ञ), डा. गौरव ढकाल (आन्तरिक रोग विशेषज्ञ), डा. किरण कुमार खनाल (ग्यास्ट्रोएन्टेरोलोजिस्ट), डा. वीर्खराज जोशी (ल्यापारोस्कोपिक सर्जन), डा. उत्सव रेग्मी (हाडजोर्नी विशेषज्ञ), डा. सञ्जीव आचार्य (ट्रमा विशेषज्ञ), डा. बिन्दु खरेल (स्त्री रोग विशेषज्ञ), डा. मनोज सापकोटा (छाला रोग विशेषज्ञ), डा. अनिल श्रेष्ठ (मुटु रोग विशेषज्ञ), डा. अब्दुल सबूर खान (मिर्गौला रोग विशेषज्ञ), डा. आशिष आचार्य, डा. सिद्धार्थ पाण्डे, डा. प्रतिक सापकोटा (मेडिकल अफिसर), डा. ऋद्धि अधिकारी (रेडियोलोजिस्ट), डा. अपर्णा मिश्र र सङ्गीता पन्थी (दन्त चिकित्सक) लगायत करिब ४० जनाको मेडिकल टिमले सेवा प्रदान गरेका थिए।

शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, बिशिस्ट अतिथिहरु बुटवल हस्पिटल प्रालिका  डा. कृष्ण खनाल रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का डि.आर.सी.सी. चियर रोटरियन कृष्ण पाण्डे त्यसैगरी अतिथिहरू रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका चार्टर प्रेसिडेन्ट विमल सेन्चुरी,  विद्यालयकी प्रधानाध्यापक कमला भट्टराई भण्डारी लगायतले संयुक्त रूपमा गरेका थिए।

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीका निर्वाचित अध्यक्ष दीपक न्यौपानेको स्वागतमा भएको कार्यक्रममा वीरेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष  चन्द्रकान्त शर्मा रोट्रयाक्ट डिस्ट्रिक्टका आइटी अफिसर दुर्लभ पराजुली, बुटवल हस्पिटल प्रालीका महाप्रबन्धक देवेन्द्र कर्ण  लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको  उपस्तिथि रहेको थियो। कार्यक्रमको समापन अबसरमा बोल्दै क्लबकि अध्यक्ष करुणा भुसालले सम्पूर्ण चिकित्सक, सहभागी, स्वयंसेवक, संयोजक तथा सहकार्य गर्ने संस्थाहरुप्रति आभार व्यक्त गरेकी थिइन्।

कार्यक्रममा विभिन्न वडाध्यक्षहरू, स्थानीय प्रतिनिधि, र रोटरी र रोट्रयाक्ट क्लबका पूर्व पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रमको सञ्चालन क्लबका सर्भिस प्रोजेक्ट चेयर  शरद क्षेत्रीले गरेका थिए।

फोटोः हेलो नेपाल टिभी

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित