बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

तुलसीपुरमा निःशुल्क उपचारका लागि सिफारिस लिनेको संख्या बढ्दै

दाङ । प्रदेश र संघ सरकारबाट पाउने सेवा सुविधाका लागि स्थानिय तहहरुले सिफारिस दिने गरेका छन् ।

स्थानीय तह मातहत रहेर प्रदेश र केन्द्र सरकारबाट दिर्घरोगी विरामीहरुलाइ विभिन्न किसिमका उपचारमा छुटदेखि सहयोगसम्मका सिफारिस स्थानिय तहले नै दिने गरेका छन् ।

संघ र प्रदेश सरकारले दिने मुटु रोगी, क्यान्सर, मृगौलाका विरामी सिकलसेल एनिमियाका गरिव विपन्न समुदायका विरामीहरुलाई उपचारमा वार्षिक १ लाख र कसैलाई २ लाख बराबरको सहुलियत दिने गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा १ सय ८१ जना दीर्घ रोगी विरामीलाई संघ सरकारबाट एक लाख रुपैयाँ पाइने सेवा सुविधाका लागि सिफरिस दिएको जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिए ।

जसमा ४३ जना मुटु रोगी, ९० जना क्यान्सरपीडित, ७ जना इस्पाइनल इन्जुरी र २ जना सिकलसेल एनिमियाका विरामी रहेका छन् । यस्तै प्रदेश सरकार अन्तर्गत राप्ती प्रादेशिक अस्पतालमा रहेको सामाजिक इकाइ सेवाका लागि ११५ जनालाई सिफारिस दिइएको छ ।

यसैगरी प्रदेश सरकारबाटै प्रदेश स्वाथ्य उपचार आर्थिक २ लाख बराबरको उपचार सुविधाका लागि १ सय १५ जनालाई सिफारिस दिइएको छ । जसमा मृगौला प्रत्यारोपणका लागि ५ जना , क्यान्सर रोगी १ सय १ जना र मुटुको भल्व फेर्ने विरामी ९ जना रहेका थिए ।

तुलसीपुर, उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको सम्झौता अनुसार ५३७ जनालाई निशुल्क आँखामा भएको मोतियाविन्दुको शल्यक्रियाका लागि सिफारिस प्रदान गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित