भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

ट्रंक र डेडिकेटेड लाइन विवादः रुपन्देहीका १८ उद्योगको लाईन काटियो

बुटवल । ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेवापतको विद्युत महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरण रुपन्देहीका १८ वटा उद्योगको लाईन काटेको छ ।

महशुल नतिरेको भन्दै प्राधिकरणले मुलुकभरका ३४ वटा उद्योगका लाइन काटेको हो । जसमध्ये १८ वटा उद्योग रुपन्देहीका मात्रै छन् ।

प्राधिकरणले बुटवल भैरहवाको पञ्चकन्या करिडोरमा रहेका ११ उद्योगसहित १८ उद्योगको लाईन काटेपछि उद्योगीहरुले अहिले रकम नबुझाउने अडान राखेका छन् ।

१८ वटा उद्योग मध्ये कतिपय उद्योगले किस्ताबन्दीमा रकम बुझाएको भएपनि ११ उद्योगले भने माग र खपतको प्रमाण नदिएसम्म नबुझाउने अडान लिएका हुन । प्राधिकरणले लाइन काटिदिएपछि अहिले उद्योग बन्द छन् । यसबाट सयौं मजदुरको रोजगारी गुमेको छ नै दैनिक करोडौं राजश्व समेत प्रभावित भएको छ ।

प्राधिकरणका लुम्बिनी प्रदेश कार्यालय प्रमुख हरिप्रसाद पाण्डेले मुलुकभरी लाइन काटिएका ३४ वटा उद्योगमध्ये २३ वटा लुम्बिनी प्रदेशका रहेको बताए । उनका अनुसार विद्युत लाइन काटिनेमा रुपन्देही जिल्लाका १८ वटा छन ।

प्राधिकरणलाई भुक्तानी गर्न बाँकी रहेको बक्यौता भुक्तानीका लागि सबै वितरण केन्द्रबाट पत्राचार भइरहेको र तोकिएको अन्तिम दिन बिहीवारसम्म पनि भुक्तानी नगरिएका ती उद्योगको विद्युत लाइन काटिएको उनले बताए ।

दैनिक ५ करोड मूल्य बराबरको फलामे डण्डी उत्पादन गर्दै आएको रुपन्देहीको तिलोत्तमामा रहेको पंचकन्या स्टील प्रालि बिहीबार रातिदेखि बन्द छ ।

पंचकन्या समूहद्वारा संचालित योसँगै अर्को उद्योग पंचकन्या प्लाष्टिक इण्डष्ट्रिजको पनि उत्पादन ठप्प छ । यो उद्योगले दैनिक ७५ लाख मूल्यका प्लाष्टिकजन्य वस्तुको उत्पादन गथ्र्यो ।

बन्द हुँदा यी दुई उद्योगबाट मात्रै भ्याट, भन्सार महशुल, अन्तशुल्क, विद्युत महशुल गरी दैनिक करिब दुई करोड सरकारी राजस्व गुमिरहेको छ । त्यो भन्दा महत्वपूर्ण कुरा यी उद्योगमा कार्यरत करिब ७ सय कर्मचारीको रोजगारी गुमेको छ ।

ट्रंकलाइन महशुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले गत बिहीबार राति लाइन काटिदिएपछि उद्योगको उत्पादन रोकिएसँगै कर्मचारीको समेत रोजगारी गुमेको हो ।

महशुल तिर्न दवाव दिँदै आएको प्राधिकरणले भैरहवा–बुटवल औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुलाई माग, खपत र टं«कलाइन जडानका लागि प्राधिकरणले दिएको स्वीकृत उपलब्ध गराउन सकेको छ ।

विना प्रमाण पटक–पटक लाइन काटिँदा आफूहरु अन्यायमा परेको उद्योगीको गुनासो छ । उनीहरुले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न र अन्य ठाउँका उद्योगसहर यो कोरिडोरका उद्योगलाई नहेर्न आग्रह गरेका छन् । एसआर फूड्स प्रालिका सञ्चालक सुरज उप्रेतीले महशुल तिर्नुपर्ने विल प्राधिकरणले दिनुपर्ने बताए ।

पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज तथा पञ्चकन्या स्टिल इण्डष्ट्रिजका महाप्रबन्धक देवेन्द्र साहुले ११ उद्योगले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग नगरिएको हुदाँ विद्युत महशुल नबुझाउने बताए ।

उनले विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले आन्तरिक भार मिलान गर्ने क्रममा बुटवल–भैरहवा करिडोरका उद्योगलाई माग नगरिकनै ट्रंक बलाइनमा समावेश गरेको भन्दै महशुल तिर्न नसकिने बताए ।

प्राधिकरणले मुलुकभरका ३४ वटा उद्योगका लाइन काटेकोमा रुपन्देहीका मात्रै १८ वटा उद्योग छन् । केही उद्योगले महशुलको किस्ता तिर्न सुरु गरे भैरहवा–बुटवल कोरिडोरका ११ उद्योगले नतिर्ने अडान लिएका छन् ।

प्राधिकरण आफैले २०७३ पछि कुनै पनि उद्योग वा संघसंस्थामा डेडिकेटेड र ट्रंकलाइन नदिने, यदि दिनै परे प्राधिकरणको संचालक समितिबाट निर्णय गराउनु पर्ने नियम बनाएका थियो । तर, २०७८ मा आएर ४ वर्ष पछि २०७४ चैतदेखि २०७६ सम्ममा भैरहवा–बुटवल कोरिडोरका उद्योग ट्रंकलाइनमा परेको भन्दै माग र खपतको प्रमाणविनै महशुल तिर्न दवाव दिन सुरु गरेको थियो ।

जवकी प्राधिकरण भैरहवा वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापन तथा फेज सिक्वेन्स सन्तुलित गर्न भन्दै केही दिनका लागि सटडाउन लिई भरौलियाबाट विद्युत आपूर्ति गरेको थियो । त्यसअघि रुपन्देहीको अमुवा फिडरबाट यस क्षेत्रमा ३३ केभीए प्रशारण लाइनबाट विद्युत आपूर्ति हुँदै आएको थियो ।

यसलाई ट्रंकलाइन भनेर उद्योगीलाई अहिले हैरानी पारिरहेको छ । पछिल्लोपटक प्राधिकरणले लाइन काट्दा ५ दिनयता उद्योगको उत्पादन समेत ठप्प छ । नेपाल विद्युत् प्राधिकरण, भैरहवा वितरण केन्द्र प्रमुख संजयकुमार मिश्राले उद्योगले महशुल नतिर्दासम्म लाइन नजोड्ने बताए ।
प्राधिकरणले उद्योगीलाई ट्रंकलाइन प्रयोग गरेको भनिएको अवधिमा दैनिक ८ घण्टासम्म लोडसेडिङको मार खेप्दै आएका थिए । तत्कालीन समयमा चरम लोडसेडिङ भोगिरहेका बेला आफ्नो फिडर मिलाउँदा नियमित विद्युतलाई ट्रंकलाइन प्रयोग गरेको भनेर प्राधिकरणले मर्कामा पारेको प्रष्ट देखिन्छ ।

किनभने प्राधिकरणले आफ्नो लेजरमा यो उद्योगको यति रकम तिर्न बाँकी छ भनेर लेखेको बाहेक भैरहवा–बुटवल औद्योगिक कोरिडोरका उद्योगहरुले विद्युत् प्रयोग गरेको कुनै प्रमाण दिन सकेको छैन । यसले गर्दा पनि अन्य उद्योग सरह यहाँका उद्योगलाई राखेर हेरिनु अन्यायपूर्ण जस्तो देखिन्छ ।

विद्युत लाइन काटिएका उद्योगहरुमा परासी वितरण केन्द्र अन्तर्गतका सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्ट र लक्ष्मी स्टिल छन । बुटवल वितरण केन्द्र अन्तर्गतका २ वटा जि.बि. टेक्सटाइल उद्योग छन । अमुवा वितरण केन्द्र अन्तर्गतका अर्घार्खाची सिमेन्ट लि. र विशाल सिमेन्ट छन ।

त्यस्तै भैरहवा वितरण केन्द्र अन्तर्गतका एभरेष्ट रोलिङ मिल, बिनायक स्पात प्रालि, जगदम्बा सिन्थेटिक्स, एसआर फुड्स, घराना फुड्स र सिद्धार्थ पेट प्लाष्ट उद्योग छन ।

नयाँमिल वितरण केन्द्र अन्तर्गतका गोयनका फुड्स रुपन्देही, भलवारी स्वचालित चामल कारखाना, श्याम प्लाष्टिक उद्योग, पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज, पञ्चकन्या स्टिल इण्डष्ट्रिज र शुभ लक्ष्मी पोलिमर्श उद्योग छन । दाङमा सोना सिमेन्ट र घोराही सिमेन्टको लाइन काटिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित