दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

सियारीका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परिक्षण

रुपन्देहीको सियारी गाउँपालिकाले जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्न शुरु गरेको छ ।

जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुको उपचारको सहजताका लागि घरमै पुगेर स्वास्थ्य परिक्षण गर्नेको थालनी गरिएको सियारीले जनाएको छ । घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दै आएको सियारीले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई आवश्यक औषधी समेत प्रदान गर्दै आएको छ ।

सियारी गाउँपालिकाले ७ वटा वडामै रहेका जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दै आएको हो । सियारीले गत बर्ष पनि पालिकाका सातै बटा वडामा पुगेर स्वास्थ्य परिक्षण गरेको थियो ।

पालिकाले स्वास्थ्य स्वयमसेवक खटाएर जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिको घरमा पुगेर स्वास्थ्य परिक्षण गर्नुका साथै आबश्यक औषधी समेत प्रदान गर्दै आएको छ । स्वास्थ्य परिक्षण तथा औषधी उपचारका लागि पालिकाले एक जना नर्स र एक पारामेडिक्स गरी दुई जना स्वास्थ्य स्वमसेवक खटाएको छ ।

सियारीमा दुई हजारको हाराहारीमा जेष्ठ नागरिक तथा असक्त असहाय रहेका छन् । पालिकाले ७० बर्ष माथिका जेष्ठ नागरिकहरुको लागि मुटु, मधुमेह, दम, कोलेस्ट्राल लगाएका दिर्घरोगका जाँच गर्दै औषधी समेत प्रदान गर्दै आएको स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तिले जानकारी दिए ।

सियारीले गत बर्ष १ हजार ८ सय ४ जनाको स्वास्थ्य परिक्षण गर्नुका साथै औषधी प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख घर्तिले जानकारी दिए । उनले सियारी ३ लक्ष्मिपुरबाट सेवाको सुरुवात गरेको जानकारी दिदै बिस्तारै सबै वडामा सेवा पु¥याउने बताए ।

पालिकाले जेष्ठ नागरिकको रगत, पिसाव, खकार, मलेरिया जाँच पनि गर्ने गरेको छ । गाउँपालिकाले गरेको कार्यबाट स्थानिय जेष्ठ नागरिक खुसि देखिएका छन् । उनीहरुले घरमै उपचार पाउदा आफुहरुलाई निकै सहज भएको भन्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

स्वास्थ्य परिक्षणका लागि भेला भएको जेष्ठ नागरिकहरु । साथमा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे ।
घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिहरुका लागि उपचारमा सहज होस् भन्ने उदेश्यले घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण तथा औषधी प्रदान गर्न लागिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले जेष्ठ नागरिकहरुका लागि शुरु गरिएको यो कार्यक्रमलाई निरन्तरता दिने बताए ।

जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुका लागि पालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुलाई घरमै पुगेर औषधी उपचार गर्ने कार्यक्रम देखि लिएर सुत्केरी महिलासंग उपाध्यक्ष लगाएतका कार्यक्रम गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित