दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

बधशालाबाट बध नगरेको मासु विक्रि गर्ने बुटवलका ७ मासु पसललाई जनही १० हजार जरिवाना

रुपन्देहीको बुटवलमा सञ्चालित पशु बधशालाको मासु मात्र बिक्री गर्न उपमहानगरपालिकाले मासु पसलहरूलाई कडाइ गरेको छ । बुटवल उपमहानगरले लामो समयदेखि मासुजन्य वस्तु (खसीबोका) बधशालामा मात्रै बध गरेको बिक्री–वितरण गर्नुपर्ने निमय लागूसमेत गरेको छ । सोहीअनुसार समय–समयमा सचेत गराए पनि व्यवसायीले अटेर गरेपछि उपमहानगर कारबाहीमा उत्रिएको छ ।

बिहीवार विभिन्न सातवटा मासु पसलको अनुगमन गर्दा आफूखुसी काटेर बिक्री गरेको पाइएपछि १०–१० हजार रुपैयाँ जरिवाना गरिएको छ । स्वच्छ मासु मात्रै बिक्रीका लागि पटक–पटक आग्रह गर्दासमेत अटेरी गरेपछि जरिवाना गरिएको नगरपालिकाका पशु विकास शाखा प्रमुख झविन्द्रप्रसाद बन्जाडेले जानकारी दिए ।

बुटवल मिट सप्लायर्स, ज्योति माइला मासु पसल, सापकोटा मासु पसल, न्यू पहाडिया मासु पसल, भान्जा मासु पसल, बन्जाडे मासु पसल र पहाडिया मासु पसललाई जरिवाना गरिएको शाखा प्रमुख बन्जाडेले बताए । अनुगमनलाई उपमहानगरले निरन्तरता दिने बताउँदै पहिलोपटक भएर बधशालाको मासु नबेच्नेलाई १० हजारमात्र जरिवाना गरिएको उनले बताए ।

‘दोस्रोपटक २५ हजार र तेस्रो पटक अनुगमन गर्दा पनि बाहिर बध गरेको मासु बिक्री गरेको भेटिए ५० हजार जरिवाना हुनेछ,’ उनले भने, ‘त्यसपछि पनि बधशालाको मासु बिक्री नगरिए पसल नै बन्द गरिने छ ।’

बुटवल उपमहानगर बुटवलवासीको स्वास्थ्यप्रति विशेष संवेदनशील रहेको बताउँदै बधशालामा बध गरिएको मासु मात्रै बिक्री–वितरण गर्न र वध गरिएको मासु मात्रै उपभोग गर्न आग्रह गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित