संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट                
समाचार :

बधशालाबाट बध नगरेको मासु विक्रि गर्ने बुटवलका ७ मासु पसललाई जनही १० हजार जरिवाना

रुपन्देहीको बुटवलमा सञ्चालित पशु बधशालाको मासु मात्र बिक्री गर्न उपमहानगरपालिकाले मासु पसलहरूलाई कडाइ गरेको छ । बुटवल उपमहानगरले लामो समयदेखि मासुजन्य वस्तु (खसीबोका) बधशालामा मात्रै बध गरेको बिक्री–वितरण गर्नुपर्ने निमय लागूसमेत गरेको छ । सोहीअनुसार समय–समयमा सचेत गराए पनि व्यवसायीले अटेर गरेपछि उपमहानगर कारबाहीमा उत्रिएको छ ।

बिहीवार विभिन्न सातवटा मासु पसलको अनुगमन गर्दा आफूखुसी काटेर बिक्री गरेको पाइएपछि १०–१० हजार रुपैयाँ जरिवाना गरिएको छ । स्वच्छ मासु मात्रै बिक्रीका लागि पटक–पटक आग्रह गर्दासमेत अटेरी गरेपछि जरिवाना गरिएको नगरपालिकाका पशु विकास शाखा प्रमुख झविन्द्रप्रसाद बन्जाडेले जानकारी दिए ।

बुटवल मिट सप्लायर्स, ज्योति माइला मासु पसल, सापकोटा मासु पसल, न्यू पहाडिया मासु पसल, भान्जा मासु पसल, बन्जाडे मासु पसल र पहाडिया मासु पसललाई जरिवाना गरिएको शाखा प्रमुख बन्जाडेले बताए । अनुगमनलाई उपमहानगरले निरन्तरता दिने बताउँदै पहिलोपटक भएर बधशालाको मासु नबेच्नेलाई १० हजारमात्र जरिवाना गरिएको उनले बताए ।

‘दोस्रोपटक २५ हजार र तेस्रो पटक अनुगमन गर्दा पनि बाहिर बध गरेको मासु बिक्री गरेको भेटिए ५० हजार जरिवाना हुनेछ,’ उनले भने, ‘त्यसपछि पनि बधशालाको मासु बिक्री नगरिए पसल नै बन्द गरिने छ ।’

बुटवल उपमहानगर बुटवलवासीको स्वास्थ्यप्रति विशेष संवेदनशील रहेको बताउँदै बधशालामा बध गरिएको मासु मात्रै बिक्री–वितरण गर्न र वध गरिएको मासु मात्रै उपभोग गर्न आग्रह गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित