
बुटवल नेपालगञ्ज रोडस्थित हैदरावादी मडका दम विरयानी पुनःसञ्चालनमा आएको छ । दुई साता अघि अनुगमन गर्दा दुर्गन्धित र फोहोरा मासु प्रयोग गरिएको भेटिएपछि बन्द थियो ।
गत भदौ २० गते बुटवल उपमहानगरपालिकाको टोलीले अनुगमन गर्दा भान्सा (किचन) मा सरसफाई सुधार गर्न निर्देशन दिएको थियो । विरयानीका सञ्चालक जनक खडकाले पुराना कमजोरी सुधार गर्दै सरसफाई र खाद्य वस्तुमो गुणस्तरमा ध्यान दिनेर सञ्चालन गर्ने प्रतिबद्धता र बुटवल उपमहानगरपालिका निवेदन दिएपछि सञ्चालनमा आएको हो ।
शुक्रबार बुटवल उपमहानगरपालिका र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्षसहितको टोलीले अनुगमन गर्दा मडका विरयानीलाई आमूल सुधार गरेको छ ।
भदौं २४ गते अनुगमन गर्दा विरयानीको किचनमा कुहिएको मासु फेला परेको भन्दै चर्को आलोचना भएको थियो । तर, सञ्चालक जनक खड्काले अनुगमन गर्दा देखाइएको मासु विरयानीमा प्रयोग गर्ने नभई बंगुरलाई दिनको लागि राखिएको बताएका थिए ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले कमजोरी सुधार गरेपछि सञ्चालनको लागि अनुमति पाएको बताइन ।