३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

‘कुहिएको’ मासुबाट विरयानी बनाउने हैदराबादीलाई २२ हजार जरिवाना

बुटवल । ग्राहकलाई कुहिएको मासु बाट विरयानी बनाएर विक्रि गर्ने बुटवलको हैदराबादी मट्का बिरयानी नामले परिचित बुटवलको पुरानो बसर्पाक स्थित ‘हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ लाई बुटवल उपमहानगरपालिकाले जरिवाना गरेको छ ।

भदौ २० गते ग्राहकले विरयानी खाने क्रममा फोहोर भाडामै दिएको गुनासो पछि हैदरावादी दम बिरयानीमा बुटवल उपमहानगरपालिकाको टोलीले अनुगमन गरेको थियो ।

भदौ २० गते अनुगमन भएपनि उपमहानगरपालिकाले सोमबार मात्र हैदरादी दम विरयानीलाई २२ हजार जरिवाना गरेको हो ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख तथा अनुगमन समितिकी संयोजक सावित्रादेवी अर्यालले सञ्चालकलाइ  २२ हजार जरिवाना गराइएको बताईन ।

साथै उपमहानगरपालिकाले पसललाई स्वच्छ नराख्दा सम्म र मापदण्ड पूरा नगर्दा सम्म सञ्चालनमा रोक्का लगाउने निर्णय गरेको पनि उपप्रमुख अर्यालले बताईन ।

बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखाका ठगिश्वर पोखरेलका अनुसार भदौ २० गते ग्राहकको गुनासोको आधारमा हैदराबादी दम विरयानीमा अनुगमन गरिएको थियो । सो क्रममा ५६ केजी मासु र कुखुरको छाला नष्ट गरिएको थियो ।

खाद्य ऐन, २०२० ले कुनै पनि खाद्य व्यवसायीलाई जनस्वास्थ्यमा हानी नपुराउने गरी स्वच्छ, सुरक्षित, र स्वस्थ खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने प्रावधान गरेको छ । तर, हैदरावाद दम बिरानीले यी कानूनी मापदण्डको पालना नगरेको पाईएको उपभोक्ता हित संरक्षण समिति बुटवल नगरका अध्यक्ष समुन्द्र जिसीले बताए ।

हैदरावादी दम बिरानीले सस्तो लोकप्रीयता कमाउन प्रचारमा गरेको दावी र वास्तविकतामा ठुलो फरक रहेको समेत पाइएको अनुगमनबाट देखिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित