दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

प्यूठानमा दुई जनालाई हैजाको संक्रमण पुष्टि

प्यूठानमा थप दुई जनामा हैजाको संक्रमण पुष्टि भएको छ । केही दिन पहिले बिरामी भई उपचार गराइरहेका गौमुखी गाउँपालिका-५ का दुई जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।

गौमुखी गाउँपालिका-५ खुङ्गका १२ वर्षीय बालक र ३५ वर्षीय पुरुषमा हैजाको सक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका द्रुत प्रतिकार्य टोलिका फोकल प्रशन कौशलराज बैद्यले जानकारी दिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलबाट उनीहरुमा हैजा पोजेटिभ रहेको रिपोर्ट आएको बैद्यले जानकारी दिए । प्यूठान अस्पतालमा उपचार गराइरहेका ६ जनामध्ये २ जनाको रिपोर्ट पोजिटेभ आएको प्यूठान अस्पतालका प्रमुख डाक्टर राजेन्द्र पौडेलले बताए ।

प्यूठान अस्पतालमा हाल गौमुखी गाउँपालिका वडा नं. ५ का ५ जना र स्वर्गद्धारी नगरपालिकाका १ जनाको उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको डा पौडेलले बताए । एक दुई दिनमै बिरामीहरु डिस्चार्ज हुने उनले बताए ।

चार जना बिरामीको दिशाको नमुना कल्चरको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित