रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

प्यूठानमा दुई जनालाई हैजाको संक्रमण पुष्टि

प्यूठानमा थप दुई जनामा हैजाको संक्रमण पुष्टि भएको छ । केही दिन पहिले बिरामी भई उपचार गराइरहेका गौमुखी गाउँपालिका-५ का दुई जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।

गौमुखी गाउँपालिका-५ खुङ्गका १२ वर्षीय बालक र ३५ वर्षीय पुरुषमा हैजाको सक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका द्रुत प्रतिकार्य टोलिका फोकल प्रशन कौशलराज बैद्यले जानकारी दिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलबाट उनीहरुमा हैजा पोजेटिभ रहेको रिपोर्ट आएको बैद्यले जानकारी दिए । प्यूठान अस्पतालमा उपचार गराइरहेका ६ जनामध्ये २ जनाको रिपोर्ट पोजिटेभ आएको प्यूठान अस्पतालका प्रमुख डाक्टर राजेन्द्र पौडेलले बताए ।

प्यूठान अस्पतालमा हाल गौमुखी गाउँपालिका वडा नं. ५ का ५ जना र स्वर्गद्धारी नगरपालिकाका १ जनाको उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको डा पौडेलले बताए । एक दुई दिनमै बिरामीहरु डिस्चार्ज हुने उनले बताए ।

चार जना बिरामीको दिशाको नमुना कल्चरको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित