५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन तिनाउमा खाना महोत्सव                
समाचार :

लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमित बढे

बुटवल । लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । प्रदेशमा यो सिजनमा हालसम्म १७९ जनामा डेंगुको सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जसअनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये पाल्पामा सबै भन्दा धेरै जनामा डेंगु सङ्क्रमण देखिएको छ । पाल्पामा ६३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै सो अवधिमा रुपन्देहीमा ५० जनामा,बाँकेमा १९ जनामा, दाङमा १८ जनामा, अर्घाखाँचीमा १६ जनामा, बर्दियामा ७ जनामा, रोल्पा र प्युठानमा २/२ जना, रुकुम पूर्वमा र कपिलवस्तुमा १/१ जनामा सङ्क्रमण देखिएको छ।

गुल्मी र पश्चिम नवलपरासीमा यो अवधिमा भेटिएको रेकर्ड प्रदेश स्वास्थ्य निर्देशनालयसँग छैन। प्रदेश स्वास्थ्य निर्देशनालय तथ्याङ्क अधिकृत मानबहादुर ओलीले यो सिजनमा हालसम्म १७९ जना भेटिएको र पछिल्लो समय वृद्धि हुँदै गएको रातोपाटीलाई बताए।

Nabil bank
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा फिजिसियन डाक्टर नन्दु पाठकले अहिले अस्पतालमा फाट् फुट् डेंगु रोगी आएको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित