बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

मुटु अस्पताल बुटवल बाट १ हजार जनाले लिए एन्जियोप्लाष्टी सेवा

बुटवलको गौतमवुद्ध सामुदायिक मुटु अस्पतालमा क्याथ ल्याब सञ्चालनमा आएपछि १ हजार जनाले एन्जियोप्लाष्टी (मुटुको नशा खोल्ने प्रविधि) सेवा लिएका छन् ।

अस्पतालले ०७३ चैत २३ गते क्याथ ल्यावको अनुमती पाएको थियो । ०७४ बैशाख १३ गते सुनवलका रामबहादुर नगरकोटीको पहिलो पटक एन्जियोप्लाष्टी गरेर सेवा सुरु गरेकोमा ०८० असार २० गते समरीमाई गाउंपालिकाका तोरी पेलीको एन्जियोप्लाष्टी गरे संगै अस्पतालबाट १ हजार जनाले एन्जियोप्लाष्टी सेवा लिएका हुन ।

अस्पतालका अध्यक्ष एजाज आलमले विरामीको विश्वास र अस्पतालको व्यवहारकै कारण अस्पतालमा सवैको विश्वास बढ्दै गएको बताए ।

विगतका बर्षमा एन्जियोप्लाष्टी गर्नकै लागि काठमाडौं जानुपर्ने बाध्यता रहेको र कतिपय अवस्थामा विरामीको बाटोमै मृत्यु हुने गरेको भन्दै मुटु अस्पतालले सुरु गरेको एन्जियोप्लाष्टी सेवाबाट धेरै लाभाम्बित भएको बताए ।

एन्जियोप्लाष्टी गर्नुपर्ने विरामीको संख्या बढ्नु दुःखद् भएपनि विरामी भएपछि दिने सेवामा मुटु अस्पतालको विश्वास बढ्दै गएको उनंको भनाई छ ।
उनले सिमित श्रोत र साधनको प्रयोगबाट सांघुरो क्षेत्रबाट सेवा प्रदान गर्नुपरेको बताउंदै अस्पतालको जग्गा प्राप्ती प्रक्रियामै रहेको र जग्गा प्राप्त पछि विशिष्टकृत सेवा थप गर्दै लैजाने प्रतिबद्धता समेत जनाए ।

अस्पतालका निर्देशक डा. समिर गौतमले मुटुको भल्व खुलाउने, मुटुको प्वाल बन्द गर्ने जस्ता सेवाहरु थप गर्ने योजनामा अस्पताल रहेको बताए ।

अस्पतालको आफ्नै भवन भएपछि उक्त सेवाहरु थप हुने उनंको भनाई छ ।साथै उहांले रोग लाग्नबाट बचाउन अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय स्तरमा चेकजांच गर्ने गरेको बताए । डा. गौतमले हृदयघातबाट बच्नका लागि चुरोट र सुर्ती खान कम गर्ने, उच्चरक्तचाप घटाउने, मधुमेह नियन्त्रण, कोलेस्ट्रोल नियन्त्रण, तनाव नियन्त्रण र मोटोपना कम गर्नुपर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित