भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि १ अबर ८० करोड विनियोजन

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले १ अरब ८० करोड विनियोजन गरेको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा आर्थिक वर्ष २०८१र८० को बजेट प्रस्तुत गर्दै अस्पतालका लागि बजेट बजेटको व्यवस्था गरेको उल्लेख गरे ।

प्रदेश गौरव आयोजनाका रुपमा रहेको अस्पतालको अत्याधुनिक १२ तले भवन निर्माणको काम भैरहेको । अस्पतालमा पछिल्लो पाँच वर्ष यता संघीय सरकारको लगानीमा दुई पटक गरी ५८ करोडको लागतमा भौतिक संरचना निर्माण गरिएका छन् । अस्पताल विकास समितिले पनि इमर्जेन्सी, ओपिडी, अन्तरङ्ग सेवा, फार्मेसी, अस्पताल परिसरभित्रको सडक र अस्पताल कम्पाउण्ड वाल निर्माण लगायतमा ३५ करोड बढी लगानी गरेको छ ।

अस्पतालको डिपिआर अनुसार भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा ९ओपिडी०, आपतकालीन सेवा ९इमर्जेन्सी०, इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन् । भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ ।

क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ । १२ तलाको नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ ।

सरकारी तीन सय र अस्पताल विकास समितिमार्फत् एक सय गरी चार सय बेडको मात्र स्वीकृति पाएको अस्पतालमा बिरामीहरूको अत्यधिक चापका कारण १ सय २४ बेड थप गरी ५ सय २४ बेडबाट बिरामीहरूलाई सेवा प्रदान भइरहेको छ ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। इन्द्र ढकालले लुम्बिनी प्रादेशिक अस्पतालले लुम्बिनी प्रदेशका मात्र नभई अन्य प्रदेशका समेत गरी ४० लाख जनसङ्ख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए । अस्पतालमा दैनिक रूपमा ओपिडीतर्फ एक हजार पाँच सयदेखि २ हजार र इमर्जेन्सीमा २ सयदेखि दुई सय ५० जनासम्म बिरामी आउने गर्छन् ।

हालैमात्र क्याथल्याब सेवा संचालन गरिएको अस्पतालबाट मृगौलाको डायलाइसिस, प्लाष्टिक सर्जरी, ग्याष्ट्रो मेडिसिन, न्यूरो मेडिसिन, न्यूरो सर्जरी, युरो सर्जरी, इन्टेरेस्कोप, सिएनसियू, पिआइसियु, एनआइसियु, बर्थिङ सेन्टर, नेत्र रोग, हाड जोर्नी तथा नसा रोग, दन्त, नाक, कान घाँटी, आँखा, मनोरोग लगायतका विशिष्टिकृत सेवा संचालनमा छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित