३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

बुटवल-गोरुसिंगे सडक चिनियाँ कम्पनीलाई ठेक्का

पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिंगे चनौटा सडक विस्तारका लागि ठेक्का सम्झौता भएको छ । सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले आयोजनाको पहिलो खण्ड बनाउन १३ अर्ब ५५ करोड ६५ लाख रुपैयाँमा ठेक्का लगाएको हो ।

चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले ठेक्का पाएको छ ।सडक विस्तारका लागि एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यसअघि नै डिजाइन तयार भइसकेको छ । पहिलो खण्डलाई पनि टुक्र्याएर ठेक्का लगाइएको छ । दुई चरणमा २५/२५ किलोमिटर सडक विस्तार गर्न लगिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पहिलो चरणका लागि ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि ५ अर्ब ६६ करोड २२ लाख रुपैयाँमा ठेक्का लगाइएको हो ।

पहिलो खण्डमा सडक विस्तारका साथै सानाठूला ३० वटा पुल निर्माण गरिनेछ । ठेक्का सम्झौता अनुसार विभिन्न स्थानमा १ सय ५५ वटा कल्भर्ट, ६ वटा अन्डरपास र ओभरपास निर्माण गरिनेछ । सडक विस्तारका लागि तीन वर्षको समय तोकिएको छ ।

सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि २९ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याइएको छ । चालु वर्षका लागि ३० अर्बभन्दा बढी बजेट छुट्याइएको थियो ।

बुटवलदेखि चनौटासम्मको खण्ड विस्तारका लागि भने डिजाइन तयार गर्नै बाँकी छ । यो खण्डमा तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण गर्ने योजना छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित