बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

बुटवल-गोरुसिंगे सडक चिनियाँ कम्पनीलाई ठेक्का

पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिंगे चनौटा सडक विस्तारका लागि ठेक्का सम्झौता भएको छ । सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले आयोजनाको पहिलो खण्ड बनाउन १३ अर्ब ५५ करोड ६५ लाख रुपैयाँमा ठेक्का लगाएको हो ।

चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले ठेक्का पाएको छ ।सडक विस्तारका लागि एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यसअघि नै डिजाइन तयार भइसकेको छ । पहिलो खण्डलाई पनि टुक्र्याएर ठेक्का लगाइएको छ । दुई चरणमा २५/२५ किलोमिटर सडक विस्तार गर्न लगिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पहिलो चरणका लागि ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि ५ अर्ब ६६ करोड २२ लाख रुपैयाँमा ठेक्का लगाइएको हो ।

पहिलो खण्डमा सडक विस्तारका साथै सानाठूला ३० वटा पुल निर्माण गरिनेछ । ठेक्का सम्झौता अनुसार विभिन्न स्थानमा १ सय ५५ वटा कल्भर्ट, ६ वटा अन्डरपास र ओभरपास निर्माण गरिनेछ । सडक विस्तारका लागि तीन वर्षको समय तोकिएको छ ।

सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि २९ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याइएको छ । चालु वर्षका लागि ३० अर्बभन्दा बढी बजेट छुट्याइएको थियो ।

बुटवलदेखि चनौटासम्मको खण्ड विस्तारका लागि भने डिजाइन तयार गर्नै बाँकी छ । यो खण्डमा तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण गर्ने योजना छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित