३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

रूपन्देहीमा एक वर्षमा २०७ उद्योग बन्द

रूपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा २०७ उद्योग बन्द भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा २०७ उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन्। अघिल्लो आवमा यसरी लगत कट्टा गराउने उद्योगको सङ्ख्या २१७ रहेको थियो।

कार्यालय प्रमुख भुसालले आर्थिक मन्दीको असर रूपन्देहीमा पनि देखिएको बताउनुभयो। उत्पादन घट्नुका साथै व्यावसायिक कारोबार पनि घट्दै गएको उनले बताए। ‘उद्योग बन्द गराउने मात्र हैन नयाँ दर्ता गराउने क्रम पनि घट्दै गएको छ’, उनले भने, ‘आव २०७९/८० मा एक हजार १३० उद्योग दर्ता भएकामा चालु आवमा ७२९ मात्र दर्ता भएका छन्।’

उद्योग मात्र नभई वाणिज्यतर्फको अवस्था पनि उस्तै छ। गत आवमा एक हजार ३०४ व्यवसाय दर्ता भएकामा चालु आवमा हालसम्म एक हजार १७५ वटा मात्र दर्ता भएका छन्। आव २०७९/८० मा व्यवसाय बन्द गराउनेको सङ्ख्या १९ वटा थियो। चालु आवमा हालसम्म २६ वटा व्यवसाय बन्द भएको प्रमुख भुसालले जानकारी दिए।

आर्थिकमन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए। ‘रूपन्देही औद्योगिक केन्द्रको रुपमा रहेको छ, यहाँ ठूला-ठूला उद्योग छन्’, उनले भने, ‘कतिपय बन्द भइसके भने सञ्चालनमा रहेका पनि ३० देखि ४० प्रतिशत मात्र उत्पादन गर्ने अवस्थामा छन्।’

रूपन्देहीमा रहेका १० सिमेन्ट उद्योगमध्ये आधा बन्द भइसकेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित