भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

उपचारमा लापरवाही भएको भन्दै बुटवलको चौराह अस्पताल घेराउ

बुटवलको चौराह अस्पतामा उपचारको क्रममा लापरवाही भएको भन्दै विरामीका आफन्तहरुले शुक्रबार घेराउ गरेका छन् । रुपन्देही तिलोत्तमा–२ का किरण थापाको उपचार गर्ने क्रममा चिकित्सकले लापरवाही गरेको भन्दै आफन्तहरुले उचित क्षतिपूर्तिको मागसहित बुटवल कालिकानगरस्थित चौराह अस्पताल घेराउ गर्न पुगेका थिए ।

५ महिना अघि गत मंसिर २७ गते साँझ स्कुटर दुर्घटनमा परी चौराह अस्पतालमा उपचार गराउन पुगेका किरणको खुट्टा फ्याक्चर भएको देखिएपछि चिकित्सकले अप्रेशन गरेका थिए । मंसिर २८ गते अप्रेशनपछि ५ दिनसम्म अस्पतालमै बसेका किरण घर फर्किएर करिब २ साता फलोअपका लागि अस्पताल जाने गरेको किरणका आफन्त बताउँछन् । अन्तिममा चिकित्सकले थप उपचारका लागि अन्यत्र रेफर गरेका थिए । उक्त समयसम्म खुट्टाका सबै मासु कुहिएर फाल्नु पर्ने स्थितीमा पुगेको र अहिले काठमाडौंकै एक अस्पतालमा उपचारपछि नियमित फलोअपमा रहँदा लाखौ रकम खर्च भएको भन्दै आफन्तहरुले उपचारमा लापरवाही गर्दा यस्तो स्थिती आएको भन्दै क्षतिपूर्ति माग गरेका छन् ।

बिरामीका दाजु दिवाकर थापाका अनुसार अस्पतालले सुरुमा क्षतिपूर्ति बापत उपचार खर्च दिने मौखिक सहमती गरे पनि हाल आएर उक्त सहमती अनुसार क्षतिपूर्ति दिन नमानेपछि आफूहरुले अस्पताल घेराउ गर्नुपरेको दाबी गरे । ‘सुरुमा के कति खर्च हुन्छ त्यसबापतको रकम दिने विषयमा हेर्छौ भनेर भनियो । अहिले आएर रकम क्षतिपूर्ति दिँदैनौं जे गर्न सक्छौं गर, भन्ने ढङ्गको कुरा आउन थालेपछि बाध्य भएर अस्पताल घेराउ गर्नू परेको हो ।’–किरणका दाजु दिवाकरले भने ।

अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवरले भने क्षतिपूर्ति दिने विषयमा कुनै पनि सम्झौता नभएको दाबी गरे । उपचारका क्रममा कुनै कमजोरी भएमा कानूनी उपचार खोज्ने बाटो खुला रहेको बताउँदै उनले त्यसका लागि आफूहरु तयार रहेको उल्लेख गरे । अस्पतालका हाड जोर्नी तथा नशारोग विभाग प्रमुख प्रकाश रानाभाटले पीडित भनिएका बिरामीलाई मानवीय हिसावले केही सहयोग गर्न आफूहरु तयार रहेको प्रतिक्रिया दिए । ‘हामीले गल्ती नै नगरी क्षतिपूर्ति दिने भन्ने कुरा हुँदैन । बिरामीको अवस्था र आर्थिक स्थिती अनुसार मानवीय समवेदनाका हिसाबले केही सहयोग गर्ने कुरा मात्रै हो ।’–रानाभाटले भने, ‘यदी उहाँहरुले हामीलाई गल्तीनै गरेको ठान्नुहुन्छ भने कानूनी उपचार र अनुसन्धानका लागि हामी तयार छौं ।’

शुक्रबार ठूलो भिडसहित अस्पताल घेराउ गर्न आएका समूहलाई भोली शनिबार छलफलका लागि बोलाउने सहमतीपछि घर फर्काइएको थियो । सम्भावित घटनालाई मध्यनजर गरी ईलका प्रहरी कार्यालय बुटवलको टोली सुरक्षाका लागि अस्पतालमा खटिएको थियो । अस्पतालमा बारम्बार क्षतिपूर्तिको मागसहित आउन थालेपछि ईलाका प्रहरी कार्यालय बुटवललाई सुरक्षाका लागि १ महिनाअघि निवेदन गरिएको अस्पतालका प्रशासन प्रमुख सन्तोष गुप्ताले बताए । विगत ५ महिनादेखि अस्पताल र बिरामीका आफन्त बीच क्षतिपूर्तिको विषयमा विवाद हुँदै आएको छ । ग्लोबल आवाज बाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित