रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

बुटवलको मिलनचोकमा खुल्यो २ करोडको लगानीमा महालक्ष्मी स्वीट्स

बुटवल । गुणस्तरिय, शुद्ध मिठाई र शुद्ध शाकाहारी पारखीहरुका लागि बुटवलको मिलनचोकमा महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको छ ।

मदुसुदन पाण्डे र पप्पुकुमार गुप्ताको २ करोडको लगानीमा महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको हो ।

स्वीट्सको औपचारिक शुभारम्भ भोली सोमबार हुँदैछ ।

स्वीट्सका सञ्चालक पप्पुकुमार गुप्ताले गुणस्तरलाई ध्यानमा राखेर आफुहरुले सेवा दिने बताए ।

अर्का सञ्चालक मदुसुदन पाण्डे शुद्ध मिठाईका परिकार र सत प्रतिशत शुद्ध शाहाकारी भोजनालय स्वीट्समा उपलब्ध हुने बताए ।

साथै उनले स्वीट्समा २० प्रकारका नमकिन बनाईने बताए । हाल स्वीट्समा ३० जनाले रोजगारी पाएका छन् । ६० प्रकारका विभिन्न स्वादमा मिठाई पाईने उनको भनाई छ । ‘हामीले ग्राहकको माग भएमा १२० प्रकारका मिठाई दिन सक्छौ । त्यो बाहेक फापरको रोटी पनि हामीकहाँ पाउँछ’ उनले भने ।

एकै पटकमा ४० जनाले सेवा लिन सक्ने गरी संरचना बनाइएको छ । स्वीट्सले उद्घाटनकाे अवसरमा एक महिना सम्म १० प्रतिशत छुट दिने बताएकाे छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित