श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

शिक्षकहरुलाई शिवराज नगरपालिकाको निर्देशन– ५ दिनभित्र राजनीतिक दल त्याग्नु

कपिलवस्तुको शिवराज नगरपालिकाले आफू मातहतका शिक्षक कर्मचारीलाई राजनीतिक दल परित्याग गर्न निर्देशन दिएको छ।

शिवराज नगरपालिकाले सूचना जारी गर्दै पाँच दिनभित्र पालिकामा रहेका विद्यालयका सबै शिक्षक कर्मचारीलाई दल त्याग गर्न निर्देशन दिएको हो।

केही दिनअघि शिक्षा मन्त्रालयले राजनीतिक दलमा आवद्ध रहेका शिक्षकलाई कारबाही गर्ने निर्णय गरेको थियो।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको भए ५ दिनभित्र सो राजनीतिक दलमा राजीनामा बुझाई ५ दिनभित्र नगरपालिकामा पेश गर्न कर्मचारी तथा शिक्षकलाई नगरपालिकाले निर्देशन दिएको छ।

‘कुनै पनि शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा वा सदस्यता लिएको भए ५ दिनभित्र सम्बन्धित राजनीतिक दलबाट राजिनामा दिई सोको जानकारी यस कार्यालयमा पेश गर्न निर्देशन छ,’ मेयर अजय थापाले जारी गरेको सूचनामा भनिएको छ, ‘पछि प्रमाणसहित राजनीतिक दलको सदस्यता सम्बन्धि उजुरी आएमा कानुन बमोजिम कारबाहीका लागि सिफारिस हुने छ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित