भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

तिलोत्तमामा ४० करोडको लगानीमा बनेको दि क्राउन इन होटल सञ्चालनमा

रुपन्देहीको तिलोत्तमा स्थित जानाकारी नगरमा सुविधा सम्पन्न स्टार लेभलको दि क्राउन इन होटल सञ्चालनमा आएको छ ।

बुटवलका व्यवसायी अनन्त थैवको एकल लगानीमा पांच तारे होटल दि क्राउन ईन सञ्चालनमा आएको हो । ३ महिना अघि देखि सफ्ट सञ्चालन भएको होटल नयां बर्ष देखि पूर्ण रुपमा सञ्चालनमा आउने सञ्चालक अनन्त थैवले बताए।

नेपालमा केही गर्नुपर्छ भन्ने सोचका साथ थाईल्याण्डमा पढ्न गएको छोरा शान्तमलाई बोलाएर होटल सञ्चालन गरेको उनले बताए ।

४० करोड लगानी भएको होटलमा सेमि स्वीट, डिलक्स र सुपर डिलक्स गरी ४० कोठा छन् । स्थानिय तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सञ्चालनमा आएको होटल बाट ग्राहकले बेष्ट बेड, बेष्ट बाथ र बेष्ट ब्रोडव्याउण्ड प्राप्त गर्ने उनको भनाई छ ।

अहिलेको अवस्थामा आर्थिक मन्दी भएपनि यो समय लामो नरहने र भैरहवा स्थित गौतमबुद्ध विमानस्थल पनि केही समयमा पूर्ण क्षमतामा चल्ने विश्वासका साथ होटलमा लगानी गरेको उनले बताए । होटलका म्योनेजिङ डाइरेक्ट शान्तम थैवले ग्राहकहरुलाई सुलभ मुल्यमा गुणस्तरिय सेवा आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

उनले होटलबाट बेष्ट सर्भिस, बेष्ट सेक्युरिटी र बेष्ट सेफ्टीलाई उच्च प्राथमिकतामा राखेको समेत बताए ।

होटलमा सय जना क्षमताको फाईन डाईनिङ बार र ६० जना क्षमताको रुफ टप बार तथा ३५ जना क्षमताको विजनेश मिटिङ हल रहेको छ । हाल होटलमा ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । २ कठ्ठा क्षेत्रफलमा बनेको ६ तले होटलबाट बुटवल र तिलोत्तमाको दृश्य सजिलै अवलोकन गर्न सकिन्छ । होटलका जनरल म्यानेजर देविलाल सोमैले प्रत्येक कोठामा पांच तारे स्तरको सुविधा रहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित