हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन                
समाचार :

शाइन रेसुंगालाई फेरि ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड

बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुंगा बैंकले ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड २०२४ जितेको छ ।

न्यू बिजनेश एज प्रालिले काठमाडौंमा गरेको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्ड २०२४ अन्तर्गत् विकास बैंकहरुमध्ये शाइन रेसुंगा उत्कृष्ट हुँदै अवार्ड जितेको हो । यस अघि बैंकले सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो ।

गत वर्ष अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैंकिङ अवार्ड जितेको थियो ।

शाइन रेसुंगा लुम्बिनी प्रदेशको बुटवलमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । बैंकको ८ अर्ब अधिकृत पुँजी र ४ अर्ब ७३ करोड चुक्ता पुँजी रहेको छ । बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटिएम सञ्चालनमा छन् ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले उपाधिसँगै बैंकले सेवाग्राहीको मन जितेको अनुभव भएको बताए । ‘यो अवार्ड बैंकका ग्राहकहरुको सन्तुष्टीको प्रतिफल हो,’ उनले भने, ‘त्यसका लागि बैंकका संचालक, शेयरधनी, कर्मचारीसहित सरोकारवाला सबैको साथ छ ।’ अवार्डले थप व्यवस्थित र उत्कृष्ट सेवा प्रवाह गर्न जिम्मेवारी र दायित्व थपेको उनले बताए ।

अन्य विधातर्फ बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी अवार्ड सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले, बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले, बेष्ट फाइनान्स कम्पनी अफ दि इयर अवार्ड मञ्जुश्री फाइनान्स लिमिटेडले, बेष्ट कमर्शियल बैंक सर्भिसिङ मार्जिनालाइज्ड जियोग्राफिकल एरियाज अवार्ड कृषि विकास बैंकले जितेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित