बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

टाइगर प्यालेसले बुझायो साढे ५१ करोड रोयल्टी बक्यौता, दुई करोड ३४ लाख पुँजीगत लाभकर

भैरहवाको पाँचतारे रिसोर्ट टाइगर प्यालेसमा भित्रिएको नयाँ व्यवस्थापनले क्यासिनोको पूरै बक्यौता चुक्ता गरेको छ ।

अमेरिकाका गैरआवासीय नेपालीहरूको कम्पनी हिमालयन टाइगर इन्भेष्टमेन्टले हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजसँग रिसोर्टको पूरै स्वामित्व खरिद गरेर माघमै साढे ५१ करोड रुपैयाँ बक्यौता तिरेको हो ।

बक्यौता चुक्ता भएपछि क्यासिनो नवीकरण भइसकेको छ । १६ चैतदेखि क्यासिनो सञ्चालनमा  आएकाे रिसोर्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपक लेखकले बताए ।

रिसोर्ट र क्यासिनोमा गरी करिब पाँच सयले रोजगारी पाउने टाइगर प्यालेसका नयाँ सञ्चालक बुद्धि सुवेदीले बताए । ‘टाइगर प्यालेसलाई देशकै अब्बल दर्जाको रिसोर्ट बनाउनेछौँ,’ उनले भने ।

टाइगर प्यालेसको श्रमिक समस्या पनि नयाँ व्यवस्थापनले समाधान गरिसकेको सिइओ लेखकले बताए ।

अदालत पुगेका ९९ प्रतिशत कर्मचारीले मुद्दा फिर्ता लिएको उनको भनाइ छ । ‘एक सय ६४ मध्ये करिब एक सय ४० जना जागिरमै फर्किए, बाँकीको पनि व्यवस्थापन भइसकेको छ,’ लेखकले भने, ‘अब रिसोर्टमा कुनै समस्या छैन, रिसोर्ट स्मुथली चल्न थालेको छ ।’ करिब १५ बिघामा फैलिएको रिसोर्टमा भिल्लासहित एक सय दुई कोठा छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित