बुटवल ।रुपन्देहीको तिलोत्तमा १३ मधवलियामा रहेको लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्ने भएको छ ।
विद्यालयका प्राचार्य विष्णु ढकालले पछिल्लो समय बालबालिकाहरुको उमेर बढ्दै जांदा अभिभावक र विद्यालयसंग बालबालिकाको दुरी बढ्दै जाने गरेकाले तालिमको आयोजना गर्न लागिएको बताए ।
यस्ता तालिमले बालबालिकासंग अभिभावक र शिक्षकको दुरी कम हुने उनको भनाई छ ।
आगामी सनिवार धार्मिक गुरु तथा प्रोफेसर पत्री प्रभुले अभिभावकत्व तथा तनाव व्यवस्थापन तालिम हुनेछ ।

समयको परिवर्तनसंगै बालबालिकाहरुका चाहना र क्षमतामा समेत परिवर्तन आउने भएकोले अभिभावक र शिक्षकहरुले बालिकाकाका चाहना र क्षमता बुझ्न सक्नुपर्ने प्राचार्य ढकालले बताए ।
विद्यालयका अध्यक्ष योगेश घिमिरेले अभिभावक र विद्यार्थीको सामिप्यता बढाउंदै विद्यार्थीको स्तरअनुसार पठनपाठनमा जोड दिंदै आएको बताए ।

कक्षाकोठामा विषयवस्तुको पठनपाठनसंगै विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमै अभ्यस्त बनाउने गरिएको बताए । सोहि कारण दुईवर्ष पहिले १ सय ५६ विद्यार्थीबाट पठनपाठन शुरु भएको विद्यालयमा हाल साढे तिनसय विद्यार्थी अध्ययनरत रहेको र आगामी शैक्षिक सत्रमा साढे ५ सय विद्यार्थी पु¥याउने लक्ष्य रहेको उनको भनाई छ ।
![May be an image of 1 person and text that says "Town's Biggest News & Opportunity Cordial Invitation LUMBINI WORLD SCHOOL "EMPOWERS LEARNERS" A TALK SESSION ON INVEST IN RELATIONSHIPS TO FIND HAPPINESS Primarily focusing on: Guest Speaker: Parenting HG Patri Prabhu Stress Management [Prof. Dr. Igor Oblonkov] Patri Das renowned Spiritual Guide Author and Activist travels widely teaching Eastem philosophy and spirituality throughout Europe, Asla and America also peaks Nepali language fluently. Saturday, 17th Chaitra, 2080 11:30 sharp Premises Lumbini World School FREE ENTRY Madhawaliya, Tilottama-13, Rupandehi 071-561142| 9857085083 www.lws.edu.np"](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t39.30808-6/433129805_2625266824336214_3662460215385281322_n.jpg?_nc_cat=105&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=D_a_BKtevDQAX-c_mJz&_nc_ht=scontent.fktm6-1.fna&oh=00_AfA2u5L9bGt5OKuksodlEs_V7RpiGl62I5U9BIFnCudgVw&oe=660B1427)










