भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

एसइईको तयारी पूराः लुम्बिनीबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि हुँदै

बुटवल । भोली देखि सुरु हुन लागेको एसईई परीक्षाको तयारी लुम्बिनी प्रदेशमा पुरा भएको छ ।

भोली देखि चैत २७ गते सम्म सञ्चालन हुने परीक्षामा यस बर्ष लुम्बिनी प्रदेशबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि हुंदैछन् ।

शिक्षा तथा सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी माधव पोखरेलले यस बर्ष लुम्बिनी प्रदेशमा नियमित तर्फ साधारण धारका ७७ हजार ३६४ र प्राविधिक धारका २ हजार ९४६ गरी नियमित तर्फ जम्मा ८० हजार ३१० तथा ग्रेड वृद्धि तर्फ ३ हजार ९० गरी ८३ हजार ४०० जना परीक्षार्थी सम्मिलित हुने बताए ।

उनका अनुसार परीक्षा सञ्चालनका लागि १२ वटै जिल्लामा ३४० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षालाई मर्यादित, अनुशासित, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै जिल्लाका परीक्षा समन्वय समितिबाट ३४० वटै केन्द्रमा केन्द्राध्यक्षको नियुक्ति भै जिल्लास्तरमा अभिमुखीकरण समेत निर्देशनालयले गरेको थियो ।

उनंले प्रदेशभर ३४० केन्द्राध्यक्ष, ५६७ सहायक केन्द्राध्यक्ष, ४ हजार १८४ निरीक्षक, ८३४ परीक्षा सहायक र १ हजार ६६८ कार्यालय सहायोगी गरी ७ हजार ५९३ परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि जनशक्ती परिचालन गरिएको बताए । साथै परीक्षालाई भयरहित र शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा व्यवस्था जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपालबाट गरिएको उनको भनाई छ ।

कुन जिल्लाबाट कति विद्यार्थी ?
प्रदेशका १२ जिल्ला मध्ये सवैभन्दा धेरै विद्यार्थी रुपन्देहीबाट सहभागि हुँदैछन् । रुपन्देही जिल्लाबाट मात्र १९ हजार ६४८ जना विद्यार्थी सहभागि हुंदै छन् ।

१८ हजार ४२६ नियमित, ४२४ प्राविधिक र७९८ ग्रेड बृद्धि गरी कुल १९ हजार ६४८ जना विद्यार्थी परीक्षामा सहभागि हुन लागेका हुन ।
रुपन्देहीमा परीक्षा केन्द्र ५८ वटा तोकिएको छ । प्रदेशमा सवैभन्दा कम रुकुम पुर्वमा जम्मा १ हजार ३० विद्यार्थी सहभागि हुंदैछन् ।

दाङ बाट १२ हजार ८९८ जना विद्यार्थी एसईईमा सहभागि हुंदैछन् । ४७ परीक्षा केन्द्रबाट नियमित तर्फ १द्द हजार २२८, प्राविधिक तर्फ ३२३ र ग्रेड बृद्धि तर्फ ३४७ विद्यार्थी सहभागि हुन लागेको शिक्षा तथा सामाजिक विकास निर्देशनालले जनाएको छ ।

पाल्पामा ४ हजार १८१ विद्यार्थी सहभागि हुँदैछन् । नियमित तर्फ ३ हजार ७४३, प्राविधिक तर्फ २६७ र ग्रेड बृद्धि तर्फ १७१ गरी ४ हजार १८१ विद्यार्थीहरु सहभागि हुँदैछन् ।

गुल्मीमा नियमित तर्फ ३ हजार ७९०, प्राविधिक तर्फ २९५, ग्रेड बृद्धि तर्फ १२ गरी कुल ४ हजार ९७ विद्यार्थी सहभागि हुँदैछन् । गुल्मीमा २८ वटा परीक्षा केन्द्र तोकिएको छ ।

अर्घाखाँचीमा नियमित तर्फ २ हजार ८१३, प्राविधिक तर्फ १०५, ग्रेड बृद्धि तर्फ ५४ गरी २ हजार ९७२ विद्यार्थी एसइईमा सहभागि हुँदैछन् ।
कपिलबस्तुमा नियमित तर्फ ७ हजार ९३८, प्राविधिक तर्फ३९७, ग्रेड बृद्धि तर्फ ७२३ गरी कुल ९ हजार ५८ विद्यार्थी सहभागि हुँदै छन् । कपिलबस्तुमा ३० परीक्षा केन्द्र तोकिएको छ ।

रोल्पामा ३ हजार ८११ विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् । १९ परीक्षा केन्द्रबाट ३ हजार ५५५ नियमित, १८८ प्राविधिक र ६८ ग्रेड बृद्धि गरी ३ हजार ८११ विद्यार्थी परीक्षामा सहभागि हुन लागेका हुन ।

प्युठानमा ३ हजार ९८४, बाँकेमा ९ हजार २६२ र बर्दियामा ७ हजार १३ विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित