बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु                
समाचार :

आर्थिक मन्दी समाप्त भएको ५ बर्ष पछि मात्र क्रृण तिर्छौ–क्रृणीहरु

बुटवल । बैंक तथा वित्तिय संस्था पिडित समन्वय समिति रुपन्देहीले देशमा आर्थिक धरासाही रहेको भन्दै क्रृण तिर्ने अवधि क्रृणीहरुलाई दिन माग गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले बैंकबाट लिएको क्रृण तिर्ने पक्षमा आफुहरु रहेपनि अहिलेको परिस्थिती जटिल रहेकाले क्रृण तिर्ने म्याद बैंक तथा संस्थाहरुले दिनुपर्ने माग राखेका छन् ।

समितिका अध्यक्ष दुर्गा पोख्रेलले आय स्रोत नै बन्द भएपछि बैंकको कर्जा तिर्न कठिन रहेको भन्दै कम्तीमा ५ बर्ष सम्म क्रृणीहरुको धितो लिलाम विक्रि गर्न नपाईने व्यवस्था गर्न सरकार सामु माग गरे ।

अहिले बैंक तथा वित्तिय संस्थालाई क्रृणीहरुले सावा तथा व्याज तिर्न सक्ने अवस्था नरहको भन्दै आर्थिक मन्दी समाप्त भएको मितिले कम्पतीमा ५ बर्ष सम्म कुनै पनि क्रृणीको धितो लिलाम गर्न नपाईने उनको भनाई छ ।

त्यस्तै उनले बैंकहरुले क्रृणीप्रतिे ज्यादती बढि गरेको भन्दै सरकार र राष्ट्र बैंकले खवरदारी गर्नुपर्ने बताए । क्रृणीहरुको समस्या समधानका लागि प्रशासन, स्थानिय तह संग विभिन्न पटक छलफल र बार्ताहरु भएपनि बैंकहरुको ताकेता नरोकिएको उनले बताए ।

क्रृणीहरुको घरमा मान्छे पठाएर बैंकहरुले आतंक मच्चाएको समेत बताए । साथै समितिले बैंक वित्तियले प्रवाह गर्ने एउटै प्रकृतिको कर्जाको व्याजदर सवैको समान हुनुपर्ने समेत बताएको छ । कर्जाको सावा तथा व्याज भुक्तानी ढिलाई भएपनि बैंकले लिने हर्जना समेत खारेज हुनुपर्ने समितिको माग छ ।

कर्जा लगानीका बखत क्रृणी संग भएको सम्झौता पालना नगरी बैंकहरुले एकतर्फी व्याज समेत बृद्धि गर्ने गरेको समितिको भनाई छ । समितिका सचिव विशाल पौडेलले दोहोरो अंकको चर्को कर्जाको व्याजदरलाई एकल अंकमा झार्नुपर्ने बताए । ०८० भदौ २७ गते स्थापना भएको समितिमा रुपन्देही, कपिलबस्तु, पाल्पा र नवलपरासीका ३२ हजार क्रृणी आबद्ध रहेको समितिले बताएको छ ।

पत्रकार सम्मेलनमा रुपन्देहीकी लक्ष्मी कवारले एनआईसी विकास बैंकले आफु माथी ज्यादती गरेको बताईन । बैंककै कारण आफुले श्रीमान गुमाउनुपरेको साथै जग्गा र घर समेत लिलामी गरेको उनंको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित