हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन                
समाचार :

सुप्रिम सहकारीका पूर्व सचिव दीपेश पुनलाई ईलाका प्रहरीको ५ नं. थुनुवा कक्षमा राखेर अनुसन्धान सुरु

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सरकारीको ७८ करोड ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन माथी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा हुन् ।

दीपेश शुक्रबार राति काठमाडौंमा पक्राउ परेका थिए । सुप्रिम सहकारीका पूर्व सचिव समेत रहेका पुनले सहकारीको ७८ करोड अपचलन गरेको आरोप लागेपछि उनलाई बुटवल ल्याइएको थियो ।

सहकारीमा कोषाध्यक्ष र सचिवका रूपमा व्यवस्थापनको जिम्मेवारीमा रहेकाले उनी अनुसन्धानमा तानिएका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलले झन्डै एक महिनादेखि सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गरिरहेको छ ।

पुनलाई शुक्रबार राति नै बुटवल ल्याइएको हो । उनलाई इलाका प्रहरीको ५ नं. थुनुवा कक्षमा अन्य थुनुवासँगै राखिएको छ ।

सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार रुपैयाँ संकलन गरेकामा ७८ करोड ५० लाख रुपैयाँ पदाधिकारीले नै अपचलन गरेको बचतकर्ताको उजुरी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित