लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

चारतारे ‘होटल ल्याण्डमार्क’ भैरहवामा खुल्यो (तस्वीरहरु)

बुटवल । रुपन्देहीको भैरहवामा शनिबार देखि चारतारे ‘होटल ल्याण्डमार्क’ सञ्चालनमा आएको छ ।

सम्राट ग्रुपले सिद्धार्थनगर नगरपालिका–३ को सिंगापुर कोलनीमा चारतारे ‘होटल ल्याण्डमार्क’ सञ्चालनमा ल्याएको हो । होटलको शुभारम्भ लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले गरेका थिए ।

सम्राट ग्रुपले सञ्चालनमा ल्याएको भैरहवाको होटल चौथो हो । स्रमाट ग्रुपले काठमाडौं, चितवन र पोखरामा गुणस्तरिय हस्पिलाटी सेवा दिदै आएको छ ।

ल्याण्डमार्क ग्रुपका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीमा आउने विदेशी पर्यटकका साथै भारतबाट आउने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याइएको बताए । होटलमा हाल सम्म ५० करोड लगानी भइसकेको छ । आधा विघा क्षेत्रफलमा रहेको होटल पूर्ण तयार हुँदा डेढ विघा क्षेत्रफलमा फैलनेछ ।

अब एक विघा क्षेत्रफलमा १० हजार स्वायर फुटको हल बन्नेछ । ६ सय र २ सय क्षमताका दुई हल बन्ने उनले बताए । ‘हललाई आर्कषक डिजाईनको बनाइने छ । हलको डिजाईन हङकङमा भइरहेको छ । कुनै पनि पाटीले हलमा कति खर्च गरेर सजावट गर्न सक्छन् । त्यस्तो मेकानिजमको हल बन्नेछ’ उनले भने ।

होटलमा डिलक्स, सुपर डिलक्स, फ्यामली र जुनियर स्वीट गरी ५० कोठा छन् । होटलका कतिपय कोठाबाट रिभरभ्यू समेत देख्न सकिने छ । केही कोठामा सुर्योदयको पहिलो किरण बेडमा पुग्ने गरी होटलमो निर्माण गरिएको छ ।

होटलमा कोटियार्ड लायञ्ज, स्वीमिङ पुल, रुफटप बार पनि रहेको उनले बताए ।

ल्याण्डमार्कको एकमात्र उद्देश्य पाहुनाहरूका लागि उत्कृष्ट सेवा दिने रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत पाण्डेले पर्यटकको रूची पूरा गर्न जुनसुकै समयमा पनि ल्याण्डमार्क काठमाडौं, पोखरा, चितवन र भैरहवा प्रतिवद्ध रहेको बताए । उनले सेवाको गुणस्तरमा कहिल्यै कुनै सम्झौतना नहुने समेत बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित