दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

विद्युत्तका पोल समयमै नसार्दा बुटवल–नारायणगढ सडकको काम प्रभावित

बुटवल । विद्युतको पोल सार्ने काम समयमा नै नहुंदा बुटवल नारायणगढ सडक खण्ड विस्तारको काम प्रभावित भएको छ ।

विद्युतको पोल सार्ने जिम्मा चाईना स्टेट कम्पनीको भएपनि उसले दोस्रो कम्पनीलाई पोल सार्ने जिम्मा दिएको छ । तर, समयमा नै रकम भुक्तानी नभएको भन्दै दोस्रो पक्षले पोल सार्न ढिलाई गरेपछि काम प्रभावित बनेको हो ।

सडक विस्तारको म्याद सकिन लाग्दा ठेकेदारले कामलाई केही तीब्रता दिएपनि पश्चिम खण्डमा ५४ प्रतिशत विद्युतका पोल सार्न बांकी रहेको आयोजनाका पश्चिम खण्डका योजना प्रमुख शंशाक मिश्रले बताए ।

अहिलेको कामको मुख्य चुनौती भएको भन्दै पोल सार्ने काममा सहजीकरण गरिदिन ठेकेदार पक्षले प्रशासनलाई आग्रह गरेको छ ।
सुनवल, देवदह लगायतका मुख्य बजार क्षेत्रमै पोल सार्न बांकी हुंदा माटो फिलिङको काममा ढिलाइ भएको छ ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७५ सालको माघ २४ गते सम्झौता भएको थियो ।
तर , पांच वर्ष हुंदा समेत ४५ प्रतिशत मात्र काम भएको छ । गत वर्ष थपिएको म्यादको आधारमा २०८१ सालको साउन ६ गतेसम्म आयोजनाको म्याद रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित