बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

तिलोत्तमा नगरपालिकाका लोकप्रिय भनिएका सवै कार्याक्रम कार्यान्वयन भएनन्

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हचुवाको भरमा गरेका लोकप्रिय कार्यक्रम कार्यान्वयन भने चुनौती देखिएको छ ।

अध्यायन विनै पहिलो बन्ने होडमा ल्याइएका कार्यक्रम अहिले नगरभित्र पूर्ण कार्यान्वयनको अवस्थामा छैनन् । २०७९ चैत १ गते रुपन्देहीको हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानको १०० औं श्रृंखलामा पुगेको अवसरमा गुट्खा बिक्रीमा प्रतिबन्ध, हर्न निषेध घोषणा भएपनि अहिले यो कार्यान्वयमा आएको छैन् ।

बजारमा छ्यापट्याप्ती गुट्खा खरिद विक्रि भइरहेको छ । हर्न पनि मुख्य राजमार्ग क्षेत्रमा बजाउन रोकिएको छैन् । नगरपालिकाले फोहरमैला वर्गीकरण गर्ने भनिएको छ। तर, नगरपालिकाले फोहोर छुट्टै उठाउने गरेको छैन ।

पशु दर्ता प्रणाली पनि अझै हुन सकेको छैन । नगरपालिकालाई नेपालमै पहिलो पटक शून्य पोलिथिन क्षेत्र ०७६ फागुन ३० गते नै घोषणा गरिएपनि यो पनि अहिले पूर्ण कार्यान्वयनमा छैन् ।

तिलोत्तमाको ६ लेन सडकमा हरियाली, लाईट र सिसिटिभी जडित हुंदा नगरपालिकाले वाहवाही पाए पनि भित्री बस्तीका जनताहरू खुसी भने छैनन ।

मुख्य राजमार्ग बाहेक भित्री सबै सडक कालोपत्रे हुन सकिरहेका छैनन । बालमैत्री घोषणा कार्यक्रम, पकेट मेरो पहिलो डस्विन कार्यक्रम पनि प्रभावकारी भएका छैनन ।

तिलोत्तमाको शान्ति चोकमा जडित पैदलयात्री आफैंले बटन थिचेर बाटो क्रस गर्न सक्ने ट्राफिक लाईटको प्रयोग धेरैले गरेकै छैनन । तिलोत्तमा नगरपालिकाले हालै मात्र योगीकुटी र भलबारीसम्मको दोहोरो सर्भिस लेनमा २० किलोमिटरको साइकल लेन तयार गरेर वाहवाही पाएको छ । तर, उक्त लेनको डिजाइन गलत छ । साइकल लेनलाई नाली तर्फको भागमा बनाउनुपर्नेमा ठिक विपरीत बनाइएको छ ।

यसले साइकल यात्रीहरूलाई थप जोखिम बढाएको जानकारहरू बताउंछन । डिजाइन गलत हुँदा १० लाखको लागतमा निर्माण भएको लेनको प्रयोग पनि कार्यान्वयनमा आउनेमा शंका छ । स्थानीय तहका जानकार युवराज कंडेल कार्यक्रम कार्यान्वयन गर्ने संयन्त्र तयार नहुंदै कार्यक्रम अगाडि बढाउंदा कार्यान्वयनमा समस्या देखिएको बताए ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले अगाडि बढाइएका कार्यक्रमहरू कार्यान्वयन पूर्ण हुन नसकेको स्वीकार गरे ।

अहिले तिलोत्तमा नगरपालिकामा ६ जना मात्र नगरप्रहरी छन । बजारको व्यवस्थापनमा नगरप्रहरीको ठूलो भूमिका हुने भएपनि संख्या कम हुंदा समस्या भएको नगरप्रमुख खांणले बताए ।

उनले नगरपालिकाले अंगीकार गरेका कार्यक्रम कार्यान्वयनका लागि टोल विकास संस्थामार्फत नागरिक समक्ष अझै चेतना विस्तार गर्ने योजना रहेको बताए । साथै, अबको नगरसभाबाट २० नगरप्रहरी बनाउने र नगरप्रहरीको संख्या बढे सँगै कामको प्रगति देखिने उनको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित