बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै उत्कृष्ट

बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा नेपालमै प्रथम भएको छ ।

सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा तेस्रो पटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्युनतम सेवा मापदण्ड मुल्यांकन समितिले जनाएको छ । न्यूनतम मापदण्ड मुल्याङ्कनमा अस्पतालले यो वर्ष ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ ।  अघिल्लो वर्ष ८० प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको यस प्रादेशिक अस्पतालले यो वर्ष थप अंक प्राप्त गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।

लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्बेक्षण पश्चात  मँगलबार र बुधबार दुई दिनसम्म बुटवलमा अयोजना गरेको मुल्याङ्कन तथा समीक्षा गोष्ठिमा अस्पताल प्रथम भएको जानकारी गराइएको हो ।

मुल्याङ्कन समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमोन्स इनिस्टिच्युट काठमाडौं रहेको थियो ।

लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्युठान, स्याङ्जा, रुकुम, रोल्पा लगायतका जिल्लाहरुबाट उपचारका लागि बिरामीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित