निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

तस्वीरमा हेर्नुहोस–बुटवलको जुत्ता मेलामा उपभोत्ताको आकर्षण

बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा जारी ‘नेपाली जुत्ता मेला’मा आकर्षण बढेको छ । नेपाली जुत्ता उत्पादनको प्रवर्द्धन तथा स्वदेशी सामग्रीको प्रयोगलाई जोड दिनेगरी आयोजना गरिएको १ महिने मेलामा ग्राहको आकर्षण बढेको हो ।

विशेष गरी सार्वजनिक विदाको समयमा किनमेल गर्नेहरुको भिड लागेपछि आयोजकहरु उत्साहित बनेका छन् । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घर बुटवलको सहआयोजनामा जारी जुत्ता मेला तथा मोःमोः उत्सवमा युवा तथा विद्यार्थी, गृहणी लगायत विभिन्न उमेर समूहका ग्राहकले अबलोकनसँगै किनमेलका लागि भिड बढेको छ ।

हिजो सनिवार मेलाहेर्न मणिग्राम बाट आएका बिध्यार्थि कमल ग्यावालिले मेलामा सस्ता र राम्रा दुबै खलका जुत्ता पाइएको र आफुले एक जोर अफरको जुता किनेको र आफू सन्तुष्ट रहेको बताए ।

मेलामा ब्ल्याक हर्षको न्यु एराईवल जुत्ता हेरेका बिज्ञान आचार्यले नेपालमै बनेको येस्तो क्वालिटी देखेर आफू उत्साहित भएको र नेपाली ब्राण्डप्रती बिस्वास बढेको बताए ।

मेलामै भेटिएकी सुनवलकि दिपा थापाले मेला जुत्ता मेलामा धेरै सस्तो मा चप्पल पाएको र आफुले पाच जोडि किनेको बताईन । मेलामा नेपाल्का विभिन्न ९ कम्पनीका नेपाली जुत्ता उत्पादनहरु विशेष छुटसहित विक्रीका लागि राखिएको छ । नेपाली जुत्ता घर बुटवलका संचालक तथा मेला संयोजक चोला प्रसाद पाठकले ग्राहकहरुको रेस्पोन्स बाट आफुहरु उत्साहित भएको बताए ।

आफुहरुले मेला पुरानालाई अफर दिने तथा नया प्रोडक्ट लन्च गर्ने अवसरका रुपमा उपयोग गरेको बताउदै मेला लाई थप रौनकता प्रदान गर्न मोमो उत्शब मार्फत ११ वोटा मोमोका परिकार मेला परिसरमा राकेको जानकारी गरए ।

फुटवेयर म्यानुफ्याक्चरर एशोसियन अफ नेपालका अध्यक्ष तथा नेपाली जुत्ता घरका संचालक रुद्रप्रसाद न्यौपानेले बुटवलमा एकवर्षअघि पहिलोपटक सामुहिक जुत्ता शोरुम सञ्चालनमा ल्याईएको र तेस पश्यात एक वर्षको अवधिमा देशका १० स्थानमा समुहिक जुत्ता शोरुम स्थापना गर्न सफल भएको न्यौपनेले जानकारी गराए ।

उनले बुटवलको मेला नेपाली उत्पादनबारे आम उपभोक्तालाई जानकारी गराउन र आफ्ना नया उत्पादन उपभोक्ता समक्ष पुर्याउन जुत्ता मेला सफल फलदायक हुने समेत बाताए ।

बुटवलमा जारी जुत्ता मेलामा पवित्र शुज ईण्डष्ट्रिज प्रा.लि. को शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रा.लि. को रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लि. को बि. एफ. डियर हिल, लालिगुँरास फुटवेयरको क्रस रोड, शुभकामना फुटवेयरको फस्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुज ईण्डष्ट्रिजको स्मार्ट र एक्सन फुटवेयर ईण्डष्ट्रिजको टुरीष्ट ब्राण्डका उत्पादनहरु प्रदर्शन तथा विक्रीका लागि राखिएका छन् ।

‘स्वदेशी उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ नारासहित डेल्टा कम्प्लेक्स परिसरमा जारी मेला फागुन ३० गतेसम्म मेला सञ्चालन हुने बाताईएको छ ।

नेपालका ९ फुटवेयर उत्पादक ब्राण्डका ५ हजार बढि प्रकारका जुत्ता चप्पलका डिजाईनहरु राखिएको बताईएको मेलामा नेपालीहरुको लोकप्रिय खाजा मोःमो का एक दर्जन स्वादका परिकारहरु राखिएको छ । मेला आवधिका बिचमा रास्ट्रिय तथा स्थानिय कलाकारहरुबाट बिशेष सांस्कृतिक प्रस्तुतीहरु समेत राखिने आयोजकको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित