३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

एभरेष्टमा विद्यार्थीलाई पुरस्कार वितरण तथा शिक्षक सम्मान कार्यक्रम

बुटवल–८ सुख्खानगरमा रहेको एभरेष्ट इङ्लिस माध्यमिक विद्यालयले शैक्षिक पुरस्कार वितरण तथा शिक्षक कर्मचारी सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
गत वर्षको शैक्षिक क्रियाकलापमा प्राथमिक तह देखि मावि तहसम्ममा कक्षागत रुपमा शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थी तथा दिर्घसेवा प्रदान गर्ने शिक्षकहरुलाई सम्मान गरिएको हो ।
विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड प्रदेश कार्यालयका प्रमुख रमाकान्त तिवारीले शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई बधाई तथा शुभकामना दिदै गुणस्तरीय शिक्षण सिकाईका लागि शिक्षक, अभिभावक र विद्यार्थी विचमा सहकार्य आवश्यक रहेको बताए ।
उनले शिक्षामा गुणस्तरीयतासँगै, काम लाग्ने, ब्यहाहिर, सीपमुलक र संस्कारयुक्त शिक्षा अहिलेको आवश्यकता रहेकाले सोही अनुसार अध्यापनको बातावरण विद्यालयले मिलाउनु पर्ने बताए ।
कार्यक्रममा विद्यालय संचालक समितिका उपाध्यक्ष भिमबहादुर श्रेष्ठ, प्राचार्य कृष्ण न्यौपाने, सहप्राचार्य भिमसेन गौतम, उपप्राचार्य उमेश रेग्मी लगायतले सफल विद्यार्थीलाई बधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा विद्यालयका दिर्घ सेवा गर्ने झण्डै एक दर्जन शिक्षक तथा महिला शिक्षकहरुलाई सम्मान गरिएको थियो । यस्तै सोही कार्यक्रममा विभिन्न विषयमा विद्यावारधी गरेका सोही विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई समेत सम्मान समेत गरिएको शिक्षक माधव पौडेलले जानकारी दिए ।
कार्यक्रममा पुर्व प्राथमिक तहदेखि ११÷१२ कक्षासम्मका विद्यार्थीलाई शैक्षिक पुरस्कार वितरण गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित