बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

बुटवलमा नेपाली जुत्ता मेला सुरु, कति पर्छ मुल्य ?

बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा ‘जुत्ता मेलासँगै मोःमोः उत्सव म‌गलबार देखी सुरु भएकाे छ । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घरको सहआयोजनामा जुत्ता मेला म‌‌‌गलबार देखि शुरु भएको हो ।

१ महिनासम्म चल्ने मेलाको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए ।

नेपाली जुत्ता घर बुटवलका संचालक तथा नेपाल फुटवेयर म्यानुफ्याक्चरर एसोसिएसन नेपालका निर्वतमान अध्यक्ष नानीराज घिमिरेले एकवर्षअघि पहिलोपटक बुटवलमा सामुहिक शोरुम खोलेको स्मरण गर्दै एक वर्षको अवधिमा देशका १० स्थानमा उद्घाटन गरिसकेको बताए ।’अहिलेसम्म बुटवल सहित देशभर गरि ८ स्थानमा शोरुम खोलिसकेका छौँ । अब  भक्तपुर र उदयपुरमा पनि छिट्टै खोल्ने तयारीमा छौँ ।’- उनले भने । साथै नेपाली उत्पादनबारे आम उपभोक्तालाई जानकारी गराउन र  उपभोक्ता समक्ष पुर्याउन जुत्ता मेलाको आयोजना गरिएको बताए ।

अर्थतन्त्रमा ८० प्रतिशत बढि निजि क्षेत्रको योगदान दिएको बेला अझै पनि यो क्षेत्रलाई हेर्ने दृष्टिकोण गलत रहेको र राज्यले आफ्नो दृष्टिकोण परिवर्तन गर्नु पर्ने बताउदै वार्षिक बजेट बराबरको देशको ब्यापार घाटाको अवस्थालाई कम गर्नुको साथै स्वदेशी उत्पादनलाई बढावा दिने गरि अभियानका रुपमा आफुहरु लागेको उनले बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका ८ का वडाअध्यक्ष यज्ञप्रसाद पंगनीले सबै पक्षहरुको निगरानी र दबाबबाट सिमामा कडाई गर्दा स्वदेशी सामान खपत बढेको बताए ।

फुटवेयर म्यानुफ्याक्चरर एशोसियन अफ नेपालका अध्यक्ष तथा नेपाली जुत्ता घरका संचालक रुद्रप्रसाद न्यौपानेले देशमा रहेका १५ सय उद्योगीहरुले जुनसुकै गुणस्तरको जुत्ता तयार गर्न सक्ने  बताए । नेपालमै सिहदरबारदेखि आम नागरिकसम्मलाई उपयोगी जुत्ताचप्पल उत्पादन हुने गरेको बताउदै उनले फुटवेयरको चोरीपैठारीको मुख्य नाकाका रुपमा कृष्णनगर नाका रहेको आरोप लगाउदै यो रोक्न सके ६५ प्रतिशत वर्तमान फुटवेयर बजारबाट ८५ प्रतिशत पुग्ने बताए ।

स्वदेशी उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ नारासहित डेल्टा कम्प्लेक्स परिसरमा फागुन ३० गतेसम्म चल्ने मेलामा नेपालका ख्याति प्राप्त फुटवेयर ब्राण्डहरुको बृहत् प्रर्दशनी रहेको ‘मेलाका संयोजक चोला प्रसाद पाठकले बताए । नेपालका ९ फुटवेयर उत्पादक ब्राण्डका ५ हजार बढि प्रकारका जुत्ता चप्पलका डिजाईनहरु राखिएको उनले बताए ।

मेलामा पवित्र शुज ईण्डष्ट्रिज प्रा.लि. को शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रा.लि. को रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लि. को बि. एफ. डियर हिल, लालिगुरास फुटवेयरको क्रस रोड, शुभकामना फुटवेयरको फस्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुज ईण्डष्ट्रिजको स्मार्ट र  एक्सन फुटवेयर ईण्डष्ट्रिजको टुरीष्ट ब्राण्डका उत्पादनहरु  रहेकाछन ।

मेलालाई थप रमाईलो तथा आकर्षक बनाउन आयोजकले मोःमोः उत्सवको समेत आयोजना गरिएको छ । नेपालीहरुको लोकप्रिय खाजा मोःमो का दर्जन बढि स्वादका परिकारहरु मेलामा राखीएको बताउदै डेल्टा कमप्लेक्सका सि.ई.ओ. बाल कृष्ण पौडेलले मनोरञ्जनका लागि मेला अवधिका बिचमा स्थानीय तथा राष्ट्रिय कलाकारहरु बाट बिशेष सांस्कृतिक प्रस्तुतीहरु समेत राखीने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित