श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

शान्ति नमुनामा विभिन्न प्रतियोगिता सम्पन्न

रुपन्देही । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा अवस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

विद्यालयको ६५ औं वार्षिकोत्सवका अवसरमा भएको कक्षा ११ र १२ तर्फको हाजिरी जवाफ प्रतियोगितामा रामु पाण्डे, विपिन पाण्डे र समिक्षा पंगेनीको समूह प्रथम भएको छ । यस्तै आर्यन भुसाल, अरिका पान्डे र कपिल भण्डारीको समूह द्वितीय , केदार ज्ञवाली, आदित्य विश्वकर्मा र सलिना रेग्मीको समूह तृतीय तथा हिमा पंगेनी, अञ्जली गुप्ता र अनु कुमारी कुवरको समूहले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।

हाजिरी जवाफ क्लवका संयोजक मोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिनेश खड्काले गरेका थिए ।

यस्तै कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुबिच भएको वक्तृत्वकला प्रतियोगितामा साक्षी गुप्ता प्रथम, एन्जिला पाण्डे द्वितीय , आविश्कार ज्ञवाली तृतीय र सुरेन्द्र बाँनियाले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।


कक्षा ११ र १२ का संयोजक राजेन्द्र के.सी.को अध्यक्षता तथा शिक्षक भीमलाल भुसालको सञ्चालनमा भएको प्रतियोगितामा कोपिला शर्मा, जमुना रिजाल र बिमला अर्याल निर्णायकको रुपमा रहेका थिए ।

यस्तै कक्षा ६ देखि ९ सम्म भएको छात्रातर्फको फुटवलमा निलगिरी सदन प्रथम, मनास्लु सदन द्वितीय र कञ्जनजङ्गा सदन तृतीय भएका छन् । छात्रतर्फको क्रिकेट प्रतियोगितामा सगरमाथा सदन प्रथम र मनास्लु सदन द्वितीय भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिए ।

यसैगरी ८०० मिटर, ४०० मिटर दौड, कबड्डी, ट्रिपल जम्प, भलिवल लगायतका खेलहरु समेत सम्पन्न भएको विद्यालयले जनाएको छ । यस्तै छात्रतर्फको घैटो फोडमा विज्ञान गिरी प्रथम भएका छन् ।

वार्षिकोत्सवको अवसरमा माघ २८ गते आइतबार जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता तथा खाना महोत्सव, २९ गते रक्तदान, पढाई महोत्सव, शैक्षिक तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम गरिने विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनालले बताए ।

वार्षिकोत्सवको मूल समारोह फागुन २ गते हुनेछ । सो अवसरमा छात्रवृत्ति, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, ‘नानी’ मुखपत्रको विमोचन, १२ कोठे भवनको समुद्घाटन, ३६ कोठे भवनको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित