बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

बुटवल बेलबासमा ५ करोडको लगानीमा खुल्यो होटल बुटवल क्राउन प्लाजा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १३ बेलबासमा होटल बुटवल क्राउन प्लाजा सञ्चालनमा आएको छ ।
लामो समय देखि क्याटरिङ व्यवसायमा आबद्ध भएका व्यवसायी ज्ञानप्रसाद खनालको एकल लगानीमा होटल बुटवल क्राउन प्लाजा सञ्चालनमा आएको हो ।


उक्त होटलको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।
सो अवसरमा उनले ठुलो लगानीमा खोलिएका होटलहरुमा पर्यटकहरुको संख्या बढाउन यस क्षेत्रमा भएका ऐतिहासिक, सांस्कृतिक महत्व बोकेका स्थलहरुको प्रचार प्रसारमा जोड दिनुपर्ने बताए । साथै पर्यटन पुर्वधार निर्माणका लागि संघ, प्रदेश र स्थानिय तहले कन्जुसाई गर्न नहुने बताए ।

होटल सञ्चालक खनालले ग्राहकहरुलाई स्तरिय र नेपाली परम्परागत खानाको स्वाद चखाउने गरी होटल सञ्चालनमा ल्याएको बताए ।
५ करोड लगानी भएको होटलमा हाल २५ जनाले रोजगारी पाएका छन् । आउटडोर क्याटरिङ हुँदै होटल सञ्चालन गरेका खनालले होटलमा नेपाली स्वाद पर्यटक सामु फस्कने प्रतिबद्धता जनाए ।

होटलमा १६ वटा डिलक्स, एसी रुमहरु रहेका छन् ।

उद्घाटनको अवसरमा होटलमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । उक्त कार्यक्रममा लोक तथा दोहोरी गायक खुमन अधिकारी, चर्चित हास्यव्यङग कलाकार विष्णु जि पाण्डे (माइला बा) लगाएतको प्रस्तुती पनि रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित