भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

देवदहका वडाध्यक्ष सुनारमाथि विद्यालयको बस खरिद रकम हिनामिना आरोप

रुपन्देहीको देवदह १० चरङगे स्थित सिता माध्यमिक विद्यालयमा लाखौं रुपैयांको अनियमितता भएको भन्दै विरोध गरिएको छ ।

विद्यालयका तत्कालिन लेखा प्रमुख, विद्यालयका पुर्व प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलोमतोमा ९ लाख २५ हजार ३ सय ९१ रुपैया अनियमिता भएको पाईएको हो ।

विद्यालयले गत ४ बर्षदेखि अडिट नगरेकोले हालसम्म अनियमताबारे बाहिर आउन सकेको थिएन । विद्यालयले २०७८÷०७९ को अडिट गर्ने क्रममा उक्त रकम हिनामिना भएको पाईएको विद्यालयका बर्तमान प्रधानाध्यापक उमाकान्त अधिकारीले बताए।

२०७८÷०७९ को अडिट गत पौष १२ गते मात्रै सम्पन्न भएपछि विद्यालयमा अनिमियता भएको आफुहरुले थाहा पाएको विद्यालयका प्रधानाध्यापक अधिकारीले बताए ।

अधिकारी गत बैशाख महिनामा मात्रै प्रधानाध्यापक भएर गएका थिए। त्यसपछि मात्रै विद्यालयको हरहिसावको अडिट गर्ने क्रममा अनिमियता भएको पाईएको अधिकारीले बताए । अडिट गर्ने क्रममा विद्यालयका पुर्व लेखाप्रमुख लालबहादुर रुचालको नामबाट दुई किस्तामा ९ लाख २५ हजार ३ सय ९१ रुपैयां असुल गरेको प्रधानाध्यापक अधिकारीले बताए ।

२०७९ सालदेखि उक्त रकम विद्यालयको खातामा पनि नआएको र त्यसको हिसाव किताव पनि नभएको पाईएको अधिकारीले बताए ।

तत्कालिन अवस्थामा विद्यालय व्यवस्थापन समिति विघटन भएको अवस्थामा वडाअध्यक्ष यकबहादुर सुनार कार्यवहाक अध्यक्ष र प्रधानाध्यापक महेश थैव रहेका थिए । उक्त रकम करिव २ बर्ष विद्यालयको बैंक खातामा नभई व्यक्तिहरुले चलाएको पाईएको छ ।

विद्यालय व्यवस्थापन समिति र नगरपालिकाको शिक्षा शाखाले विद्यालयका कर्मचारीलाई नियमन गर्न नसक्दा विद्यालयमा आर्थिक हिनामिना भएको स्थानीयको आरोप छ । स्थानीय युवाहरुले विद्यालयको आर्थिक हिनामिना भएको भन्दै विद्यालयमा नाराबाजी समेत गरेका थिए ।

उनीहरुले विद्यालयले बार्षिक रुपमा नगरपालिकाको शिक्षा शाखालाई आर्थिक अडिट बुझाउनु पर्नेमा नगरपालिकाले वेवास्ता गर्दा आर्थिक हिनामिना भएको स्थानीय मिनबहादुर गाहाले बताए ।

विद्यालयको आर्थिक हिनामिना गर्नेलाई कानुनी कार्वाही गर्नुपर्ने बताउंदै कार्वाही नगरेमा थप आन्दोलन गर्ने गाहाले बताए ।

युवाहरुले विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने क्रममा विद्यालयमा नै पुगेर विरोध गरेका थिए । विद्यालयमा भएको आर्थिक हिनामिनाको वारेमा तत्कालिन लेखा प्रमुख र पुर्व प्रधानाध्यापकलाई बोलाएर छलफल गर्न लागिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं देवदह १०, का वडाअध्यक्ष यकबहादुर सुनारले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित