बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

रुपन्देहीको तिलोत्तमामा खुल्यो १० करोडको लागतमा ओम महिला तथा बाल अस्पताल

बुटवल । रुपन्देहीको तिलोत्तमा–४ मा विशेषज्ञ सहितको ओम महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ ।

सुत्केरी आमाहरु, नवजात शिशु, बालकालिका तथा किशोर किशोरीहरुका लागि गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालकी अध्यक्ष शारदा तिवारीले बताईन ।

१० करोडको लागतमा निर्माण भएको अस्पतालमा २५ जनाको सेयर छ । अस्पतालको सवै कमिटिमा महिलाहरु रहेका छन् । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शर्मिला शर्माले अस्पतालबाट प्रसुति सम्बन्धी सवै सेवा, एनआईसियी, प्रयोगशाला, जनरल बेड र क्याविन सेवा अस्पतालले दिने बताईन । हाल अस्पतालमा १५ बेड सञ्चालन छ ।

उनले सरकारबाट स्वीकृती लिई १०० बेड बनाउने र अस्पतालमा आमा सुरक्षा कार्यक्रम पनि लागु गर्न प्रयास भइरहेको बताईन । अस्पतालकी एमडि कमला मल्ल हमालले स्वास्थ्य सेवालाई व्यापार संग मात्र नहेरी सेवाकै दृष्टिकोणबाट आफुहरु लागेको बताईन ।

अस्पतालमा हाल ३०० सय रुपैया ओपिडि टिकट छ । यसलाई निकट भविष्यमै १ सय रुपैयाँ बनाईने पनि उनले बताईन । त्यस्तै जनरल एसी बेडको १ हजार २ सय र क्याविनको ३ हजार शुल्क रहेको उनको भनाई छ । ०७७ साल साउन ७ गते पुर्व पर्यटन उद्योग, बन बातावरणमन्त्री कल्पना पाण्डेले शिल्यनास गरेको यो अस्पताल ०८० जेठ बाट सञ्चालनमा आएपनि आईतबार देखि औपचारिक रुपमा शुभारम्भ हुंदैछ ।

अस्पतालको उद्घाटन तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले गर्ने कार्यक्रम छ । अस्पतालमा ओ.टी सेट अप, एक्सरे, अल्ट्रासाउण्ड, गाईने सेवा, भेन्टिलेटर सहितको एनआईसि सेवा र दुरविन द्धारा गरिने सवै सल्यक्रियाका सेवाहरु उपलब्ध रहेको अस्पतालकी एम डी हमालले बताईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित