तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा                
समाचार :

रुपन्देहीको तिलोत्तमामा खुल्यो १० करोडको लागतमा ओम महिला तथा बाल अस्पताल

बुटवल । रुपन्देहीको तिलोत्तमा–४ मा विशेषज्ञ सहितको ओम महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ ।

सुत्केरी आमाहरु, नवजात शिशु, बालकालिका तथा किशोर किशोरीहरुका लागि गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालकी अध्यक्ष शारदा तिवारीले बताईन ।

१० करोडको लागतमा निर्माण भएको अस्पतालमा २५ जनाको सेयर छ । अस्पतालको सवै कमिटिमा महिलाहरु रहेका छन् । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शर्मिला शर्माले अस्पतालबाट प्रसुति सम्बन्धी सवै सेवा, एनआईसियी, प्रयोगशाला, जनरल बेड र क्याविन सेवा अस्पतालले दिने बताईन । हाल अस्पतालमा १५ बेड सञ्चालन छ ।

उनले सरकारबाट स्वीकृती लिई १०० बेड बनाउने र अस्पतालमा आमा सुरक्षा कार्यक्रम पनि लागु गर्न प्रयास भइरहेको बताईन । अस्पतालकी एमडि कमला मल्ल हमालले स्वास्थ्य सेवालाई व्यापार संग मात्र नहेरी सेवाकै दृष्टिकोणबाट आफुहरु लागेको बताईन ।

अस्पतालमा हाल ३०० सय रुपैया ओपिडि टिकट छ । यसलाई निकट भविष्यमै १ सय रुपैयाँ बनाईने पनि उनले बताईन । त्यस्तै जनरल एसी बेडको १ हजार २ सय र क्याविनको ३ हजार शुल्क रहेको उनको भनाई छ । ०७७ साल साउन ७ गते पुर्व पर्यटन उद्योग, बन बातावरणमन्त्री कल्पना पाण्डेले शिल्यनास गरेको यो अस्पताल ०८० जेठ बाट सञ्चालनमा आएपनि आईतबार देखि औपचारिक रुपमा शुभारम्भ हुंदैछ ।

अस्पतालको उद्घाटन तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले गर्ने कार्यक्रम छ । अस्पतालमा ओ.टी सेट अप, एक्सरे, अल्ट्रासाउण्ड, गाईने सेवा, भेन्टिलेटर सहितको एनआईसि सेवा र दुरविन द्धारा गरिने सवै सल्यक्रियाका सेवाहरु उपलब्ध रहेको अस्पतालकी एम डी हमालले बताईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित