रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

मृतकका परिबारलाई ७ लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो भावनाको शव

बुटवल । बुटवलमो सिद्धार्थ बाल तथा महिला अस्पतालमा मृत्यु भएकी गुल्मी सत्यवती गाउँपालिका ठुलोलुम्पेकी भावना राजकोटीको शब चार देखिपछि उठेको छ ।

३२ बर्षिय राजकोटीको मंसिर १२ गते शुल्यक्रिया मार्फत बच्चा जन्माएपछि उनको मृत्यु भएको थियो । त्यसपछि आक्रोशित मृतकका आफन्तले भावनाको मृत्यु चिकित्सको लापरबाही बाट भएको भन्दै चिकित्सकलाई कारबाही र पिडितलाई क्षतिपुर्ति दिन माग गर्दै विवाद गरेका थिए ।

पछि विवाद बढ्दै गएपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डन डा। राजेन्द्र बस्याल माथी कुटपिट गरेका थिए । त्यसपछि भावनाको शब उठ्न सकेको थिएन ।

सुत्केरी बेथा लागेपछि मंसिर ११ गते बिहान साढे आठ बजेतिर अस्पताल पुगेकी राजकोटीले बिहान ११ः०७ बजे शल्यक्रिया मार्फत ५ किलोग्रामको छोरालाई जन्म दिएकी थिइन ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चिकित्सक, मृतकका आफन्त, स्थानिय तहका पदाधिकारी सहित बसेको बैठक पछि शव उठाउने विषयमा सहमती भएको बताए ।

अस्पताल व्यवस्थापनको स्थानीय समितिका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको संयोजनमा बैठक बसेको थियो ।

अस्पतालका अध्यक्ष समेत रहेका नगरप्रमुख पाण्डेयले मृतकका २ जना बच्चाहरूको संरक्षणका लागि बुटवल उपमहानगरपालिकाले ५ लाख रुपैयाँ र गुल्मीको सत्यवती गाउँपालिकाले २ लाख रुपैयाँ दिने तथा चिकित्सकमाथि आक्रमण गर्नेहरूले सार्वजनिक रूपमा माफी माग्ने सहमति सर्वपक्षिय छलफलमा निर्णय भएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित