हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन                
समाचार :

३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो)

बुटवलमा ३ करोडको लगानीमा ग्याष्ट्रो सेन्टर स्थापना भएको छ । वरिष्ठ चिकित्सकसहित चारजना स्वास्थ्यकर्मीहरुको टोलीले ग्याष्ट्रो सेन्टर स्थापना गरेको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा पेट, कलेजो तथा आन्द्रा रोगको सम्पूर्ण उपचार तथा निदान गर्न निजी संस्थाको रुपमा ग्याष्ट्रो सेन्टर प्रालि स्थापना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यसको औपचारिक शुभारम्भ भने मंसिर १६ गते हुने छ ।

काठमाडौं शिक्षण अस्पतालबाट विज्ञता प्राप्त गरेका डा. मोहन भुसालको सक्रियतामा यो संस्थाको स्थापना गरिएको हो । डा. भुसाल वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ हुन् । यस क्षेत्रका बिरामीलाई पेट आन्द्रा तथा कलेजो रोगको उपचार तथा निदान गर्न अव बाहिर जानु नपर्ने डा. भुसालले बताए ।

राजधानी बाहिर लुम्बिनी प्रदेशमा कलेजोको उपचारको व्यवस्था गर्नु, सर्वशुलभ रुपमा पेट सम्बन्धी रोगको व्यवस्थापन गर्नु, भविष्यमा इआरसिपी सेवा सुरु गर्नु, पेटसँगै अन्य समस्यामको उपचार व्यवस्थापन गर्नु ग्याष्ट्रो सेन्टरको उद्देश्य रहेको उनले बताए ।

उक्त सेन्टरमा हाल इन्डोस्कोपी सेवा, क्लोनोस्कोपी सेवा, इभिएल ब्यान्डिङ, पोलि पेक्टोमी र भिडियो एक्सरे सेवा उपलव्ध छन् । अन्य निजी क्लिनिक तथा अस्पतालको शुल्कको तुलनामा केही कम शुल्क तय गरिएको, जेष्ठ नागरिक तथा अशक्त अपाङ्गता भएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकाको हकमा छुटको व्यवस्था गरिएको डा. भुसालले बताए ।

ग्याष्ट्रो सेन्टरमा डा. भुसालसहित चारजना स्वास्थ्यकर्मीहरुको लगानी छ । ग्याष्ट्रो सेन्टरमा नयाँ र आधुनिक प्रविधिबाट उपचार हुने डा. भुसालले बताए।

ग्यास्ट्रो सेन्टरमा फाइब्रोस्क्यान सेवा समेत उपलव्ध रहेको छ । यसले कलेजोको कडापन मापन गर्नुका साथै लिभर फाब्रोसिस, सिरोसिसको निदानमा सहयोग गर्दछ । त्यस्तै हेपाटाइटिस, फ्याट्टी लिभर अल्कोहोलिक लिभर डिजिज÷लिभर इन्जाइम बढेका बिरामीहरुको अवस्थाबारे जानकारी गराउँछ ।

त्यस्तै फाइब्रोस्क्यानले लिभर बायोप्सीबिना नै लिभर ड्यामेज भएको छ छैन भनेर पत्ता लगाउँछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित