बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो)

बुटवलमा ३ करोडको लगानीमा ग्याष्ट्रो सेन्टर स्थापना भएको छ । वरिष्ठ चिकित्सकसहित चारजना स्वास्थ्यकर्मीहरुको टोलीले ग्याष्ट्रो सेन्टर स्थापना गरेको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा पेट, कलेजो तथा आन्द्रा रोगको सम्पूर्ण उपचार तथा निदान गर्न निजी संस्थाको रुपमा ग्याष्ट्रो सेन्टर प्रालि स्थापना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यसको औपचारिक शुभारम्भ भने मंसिर १६ गते हुने छ ।

काठमाडौं शिक्षण अस्पतालबाट विज्ञता प्राप्त गरेका डा. मोहन भुसालको सक्रियतामा यो संस्थाको स्थापना गरिएको हो । डा. भुसाल वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ हुन् । यस क्षेत्रका बिरामीलाई पेट आन्द्रा तथा कलेजो रोगको उपचार तथा निदान गर्न अव बाहिर जानु नपर्ने डा. भुसालले बताए ।

राजधानी बाहिर लुम्बिनी प्रदेशमा कलेजोको उपचारको व्यवस्था गर्नु, सर्वशुलभ रुपमा पेट सम्बन्धी रोगको व्यवस्थापन गर्नु, भविष्यमा इआरसिपी सेवा सुरु गर्नु, पेटसँगै अन्य समस्यामको उपचार व्यवस्थापन गर्नु ग्याष्ट्रो सेन्टरको उद्देश्य रहेको उनले बताए ।

उक्त सेन्टरमा हाल इन्डोस्कोपी सेवा, क्लोनोस्कोपी सेवा, इभिएल ब्यान्डिङ, पोलि पेक्टोमी र भिडियो एक्सरे सेवा उपलव्ध छन् । अन्य निजी क्लिनिक तथा अस्पतालको शुल्कको तुलनामा केही कम शुल्क तय गरिएको, जेष्ठ नागरिक तथा अशक्त अपाङ्गता भएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकाको हकमा छुटको व्यवस्था गरिएको डा. भुसालले बताए ।

ग्याष्ट्रो सेन्टरमा डा. भुसालसहित चारजना स्वास्थ्यकर्मीहरुको लगानी छ । ग्याष्ट्रो सेन्टरमा नयाँ र आधुनिक प्रविधिबाट उपचार हुने डा. भुसालले बताए।

ग्यास्ट्रो सेन्टरमा फाइब्रोस्क्यान सेवा समेत उपलव्ध रहेको छ । यसले कलेजोको कडापन मापन गर्नुका साथै लिभर फाब्रोसिस, सिरोसिसको निदानमा सहयोग गर्दछ । त्यस्तै हेपाटाइटिस, फ्याट्टी लिभर अल्कोहोलिक लिभर डिजिज÷लिभर इन्जाइम बढेका बिरामीहरुको अवस्थाबारे जानकारी गराउँछ ।

त्यस्तै फाइब्रोस्क्यानले लिभर बायोप्सीबिना नै लिभर ड्यामेज भएको छ छैन भनेर पत्ता लगाउँछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित