भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

मृतकका आफन्तको प्रश्नः अस्पतालले हतारमा शव जिम्मा लगाउँन किने खोज्यो ?

बुटवलकाे आम्दा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि हतार–हतार शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण बारे मृतकका आफन्तहरुले प्रश्न उठाएका छन् ।

‘सुत्केरीको मृत्यु भएपछि उनका श्रीमान निशान थापा होसहवास गुमाएको अवस्थामा थिए, अरु आफन्तहरु पनि पीडामा सम्हालिन सक्ने अवस्थामा हुने कुरा भएन ।’–घटनाका प्रत्येक्ष दर्शी भवानीका एक आफन्तले भने, ‘उनीहरु (अस्पताल) ले नै शवबहान खोजेर अगाडि ठिक्क पारेको थियो, मृतकको डिस्चार्ज लेटर अस्पतालका कर्मचारीहरुले मृतका आफन्तको गोजिमा जर्बजस्ती राखिदिए अनि जान आग्रह गरे ।’

अस्पतालले आफूलाई श्रीमतीको डिस्चार्ज लेटर लगायतका कागजात नदिएको श्रीमान निशानले बताए । सम्बन्धित व्यक्तिलाई सबै कुरा नबुझाएर अस्पताल उम्किन खोज्दा झन ठूलो समस्या सिर्जना भएको घटनाका प्रत्यक्षदर्शी बताउँछन् । घटीसकेको घटनालाई आफन्तसामु नबुझाएर संवेदनहिन ढँगले शव हटाउन हतार गर्नुले पनि अस्पतालको बदनीयत प्रस्ट हुने बताउँछिन मृतककी दिदी चन्द्रा सिंजाली ।

मृतककी दिदी चन्द्राका अनुसार हट्टकट्ट शिशुलाई अप्रेशनपछि जन्म दिएकी भवानी आफै पनि पहिलो दिनसम्म स्वस्थ नै देखिए पनि दोस्रो दिन ज्यान गुमाउन पुगिन् । अस्पतालका प्रशासकीय अधिृकत खगेन्द्र खत्रीले उपचारमा संलग्न चिकित्सकहरुलाई उदृढ गर्दै भने ‘सोमबार शिशुलाई जन्म दिएकी उनी र बच्चा दुबैको स्वास्थ्य अवस्था सब ठिकठाक नै थियो । तर भोलिपल्ट मँगलबार अस्पतालको पोष्ट अप्रेटिभ वार्डमा रहेकी भवानीको स्वास्थ्यमा एक्कासी समस्या देखा पर्यो ।

उनको स्वास्थ्यमा समस्या देखापरेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु उनको उपचारमा लागे पनि उनलाई बचाउन सकेनन् ।’ मृतकका आफन्तका अनुसार मँगलबार विहान ९ बजेपछि भवानीलाई स्वास्थ्यमा समस्या देखिएको थियो । अस्पतालले दिनको १ बजेर ५० मिनेटमा मृत्यु भएको घोषणा गरेको थियो ।

मृतककी दिदी चन्द्रा सिंजालीका अनुसार मृतक भवानीको स्वास्थ्यमा समस्या आएर आत्तिएको देखेपछि आइसियू भएको अर्को कुनै अस्पतालला रिफर गरिदिनका लागि उनले आग्रह गरिन् । तर अस्पतालका स्वाथ्यकर्मीहरुले बिरामीको श्रीमान आएर अनुमति नदिँदासम्म केही गर्न नमिल्ने भनेर उनको कुरालाई वास्ता गरेनन् । प्रदेश शिक्षा कार्यालय भैरहवामा कार्यरत भवानीका श्रीमान निशान थापा अस्पताल आउँदै थिए । ‘श्रीमानलाई मनाउने जिम्मा मेरो भयो, तर बिरामीलाई निकै गाह्रो भएको जस्तो छ ।

आइसियू भएको कुनै अस्पतालमा रिफर गरिदिनुस् भन्दा पनि उनीहरुले मेरो कुरै सुनेन्, मलाई समेत बाहिर निकालेर बिरामीसँग बस्न दिइएन ।’–मृतककी दिदी चन्द्राले घटनाको विवरण सुनाउँदै भनिन्,–‘मेरो कुरा उनीहरुले सुनेको भए सायद भवानीको ज्यान बच्न सक्थ्यो । बिरामीको मृत्युपछि अस्पतालले गरेको संवेदनहिन व्यवहारले हामीलाई थप दुःखित बनायो ।’ बिरामीलाई आईसियू भएको अस्पतालमा लैजान्छौं भन्दा श्रीमानको अनुमति माग्ने अस्पतालले मृत्युपछि शव हटाउन श्रीमानको अनुमति विनै अरु कसैको गोजीमा कागजात थमाउनुले पनि उपचारमा लापरबाही भएको कुरालाई पुष्टी गर्ने आफन्तहरुको दाबी छ । ग्लाेबल आवाज बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित