रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

१ करोड बढीको फूल बरामदः प्रहरीमा पुग्यो ‘बैध’ गराउने बिल

भन्सार छलि गरेर १ करोड मुल्य बराबरको फूल र माला ल्याएको आशंकामा बरामद गरिएको फूल र माला ‘बैध’ बनाइएको छ ।

रूपन्देहीको मायादेवी गाउँपालिका–८ बसडिलवास्थित सिद्धार्थ कोल्ड स्टोरबाट बरामद भएको करोड बराबरको फूल र माला नेपालमै उत्पादन भएको दाबी गर्दै कोल्ड स्टोर सञ्चालकले प्रहरीलाई बिल बुझाएका छन् ।

लक्ष्मीदास मानन्धरले सञ्चालन गरेको कोल्ड स्टोरमा भण्डारण गरी राखिएको अवस्थामा भेटिएको करोड बराबरको फूल(माला पौडेल फ्लावरको २ हजार थान सयपत्री फूलका माला, बाटाखर्क एग्रो फार्मको ५९८ थान, कुलैही कट फ्लावरको १३ हजार ५ सय थान, केशवकुमार शाहको ५ हजार थान, आरजेको ८ हजार थान, आरकेको ८ हजार थान तथा हरि ओमको १५ बोरा सयपत्रीको माला राखेको बिल पेस गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डिएसपी मनोहर भट्टले जानाकारी दिए ।

त्यस्तै सैनीको २ सय थान तथा नवदुर्गा ड्रिम क्रियसनको ४० बोरा सयपत्री, २७ बण्डल गुलाब, ४ वण्डल कार्नेसन र १७ बण्डल डेजीको बिल पेश गरेका छन्।

मानन्धरले गुल्मी, पाल्पा र नवलपरासीलगायत जिल्लाका ९ पुष्प व्यवसायीहरूको बिल पेस गरेको उनको भनाई छ ।

बिलको सत्यतथ्य पत्ता लगाउन र थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय भैरहवा पठाईएको डिएसपी भट्टले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित